Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

रुसकाे प्रमुख सुरक्षा एजेन्सी ‘एफएसबी’काे मुख्यालयमा गाेली चल्याे सुरक्षा अधिकारीकाे ज्यान गयाे

काठमाण्डौ – रुसको संघीय सुरक्षा सेवा (एफएसबी) को मुख्यालयमा गोली चलेको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार यो घटनामा कम्तीमा एक जनाको ज्यान गएको छ भने अन्य पाँच जना घाइते भएका छन् । 

समाचार संस्था ‘इन्टरफ्याक्स’ का अनुसार एफएसबी भवनभित्र एक जना बन्दुकधारीले स्वचालित हतियार चलाउँदा एक जना अधिकारीको ज्यान गएको हो । 

सुरक्षा बलले घटना घटेको इलाकामा घेराबन्दी गरेको छ र आसपास रहेका मानिसहरुलाई भवनभित्र जानको लागि भनेको छ । 

राष्ट्रपति भ्लादिमिर पुटिनको वार्षिक पत्रकार सम्मेलनको केही घण्टामा नै यो घटना घटेको हो । 

एफएसबी रुसको मुख्य सुरक्षा एजेन्सी हो । अहिलेसम्म यो घटनाको बारेमा विस्तृत विवरण आइसकेको छैन । 

झण्डै चार घण्टासम्म चलेको राष्ट्रपति पुटिनको पत्रकार सम्मेलनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने बारेमा पनि अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP