तराईमा शीतलहर र हुस्सुकाे प्रभाव घट्दै जाने, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

काठमाण्डौ – तराईमा केही दिन अघिदेखि लागेको हुस्सु र शीतलहको प्रभाव शुक्रबार बेलुकीदेखि कम हुने मौसमविद्ले बताएका छन् । 

आज केही पानी पर्ने सम्भावना भएकाले तराईको हुस्सु र शीतलहर बेलुकीदेखि बिस्तारै हट्दै जाने र अन्य ठाउँको मौसम पनि क्रमशः खुल्दै जाने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । 

तराईमा शीतलहर कम भए पनि आज पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भेगमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै आज पश्चिमी पहाडी भेगको १,२ ठाउँमा पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् मानन्धरले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP