Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

उदयपुर दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

पुस ४, २०७६ उदयपुर : उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। गम्भीर घाईतेमध्ये एक मोरङको पथरी–४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर-३ मा बिहीबार दिउँसो भारतीय जीप दुर्घटना भएको थियो। उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टिएको थियो। भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ। बिहान ७:३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका थिए। तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। हल्का हुस्सु लागेको र नयाँ बाटो, मोड साधुरो भएकोले मोडमा स्टरिङ फेल भएर दुर्घटना भएको घाइते पवन राईले बताए।   नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने जनाइको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा पर्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP