Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

उदयपुर दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

पुस ४, २०७६ उदयपुर : उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। गम्भीर घाईतेमध्ये एक मोरङको पथरी–४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो। जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर-३ मा बिहीबार दिउँसो भारतीय जीप दुर्घटना भएको थियो। उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ, ५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टिएको थियो। भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ। बिहान ७:३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका थिए। तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए। हल्का हुस्सु लागेको र नयाँ बाटो, मोड साधुरो भएकोले मोडमा स्टरिङ फेल भएर दुर्घटना भएको घाइते पवन राईले बताए।   नयाँ बाटो र बाँक्लो हुस्सुको कारण दुर्घटना भएको हुनसक्ने जनाइको छ। घटना स्थल सदरमुकाम गाईघाट देखि करिब ७० किलो मिटर टाढा पर्छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP