नेपालमै भेटियो ‘महादेव लुकेको’ अनौठो शिवथान ढुंगा देखेर पनि नदेखे जस्तो नगर्नुहोला ॐ-ॐ लेखि शेयर गर्नुहोला

तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–५ र लालीगुराँस नगरपालिका–९ को संगमस्थल पिंगुवा खोलामा रहेको शिवथान मन्दिर पौराणिक धार्मिक महत्व बोकेको मन्दिर हो ।

तर यो मन्दिर आवश्यक संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । मन्दिरको धार्मिक महत्व प्रचारमा ल्याउन र उचित प्रवर्द्धन गर्न नसक्दा ओझेलमा परेको हो ।

खोलाको बीच भागमा रहेको शिवथान मन्दिरमा लिम्बु समुदायले विशेष पूजाआजा गर्ने ठाउँ हो । ऐतिहासिक धार्मिक महत्व बोकेको शिवथान मन्दिरमा वर्षौदेखि आफ्ना पुर्वजहरुले पूजाआजा गर्दै आएको स्थानीय बताउँछन् ।

यस ठाँउमा महाशिवरात्री, श्री पञ्चमी र साउन महिना साथै अन्य विभिन्न अवसरमा दर्शनार्थी भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ । खोलाको बीच भागमा रहेको शिवथान महादेव र पार्वतीको ऐतिहासिक धर्म कथासँग जोडिएको धार्मिक सम्पदा हो ।

आन्तरिक पर्यटकहरु प्राय आईरहने यस क्षेत्रमा, छुट्टीको समयमा विद्यार्थीहरुलाई समेत लाने र उनीहरुलाई धार्मिक एवं ऐतिहासिक कुराको जानकारी प्रदान गर्ने कार्य गर्दै आएको स्थानीय हरिहर आधारभूत विद्यालयका शिक्षक अर्जुन रेग्मीले बताए ।

शिवथान रहेको ढुंगाको ओढार दायाँबायाँ दुवैपट्टिबाट पानी बगेको छ । शिवथान रहेको ढुंगाको आकृति समेत आश्चर्यजनक छ । झट्ट हेर्दा मानव निर्मित जस्तै देखिने ढुंगाको मुख्य भागमा दुई वटा गुफा छन् ।

किंवदन्तीअनुसार महादेव र पार्वतीबिच द्वन्द्व भएपछि महादेव रिसाएर भाग्दै यो स्थानको माथिको गुफामा बसेको र खोज्दै गएकी पार्वती तल्लो गुफामा बसेको कुरा स्थानीय कृष्णप्रसाद दाहालले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP