नुवाकाेटमा मिनिट्रक दुर्घटना : दुई जनाकाे ज्यान गयाे

नुवाकोट – विदुर नगरपालिका ६ को मूलथलामा आइतबार बिहान मिनिट्रक दुर्घटना हुँदा सडक निर्माणमा संलग्न २ जना मजदुरको ज्यान गएको छ ।  

सडकमा काम गर्ने मजदुर बोकेर निर्माणस्थलतिर जाँदै गरेको बा २ ख ७९१० नम्बरको मिनिट्रक खोल्सामा मोड्ने क्रममा सडकदेखि ५० मिटर तल खसेको हो । 

दुर्घटनामा सडक निर्माणमा खटिएका खोटाङका १९ वर्षीय अनिल तामाङ र रसुवा नौकुण्ड गाउँपालिका ३ का १८ वर्षीय सुदीप तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश थापाले जानकारी दिनुभयो ।   

त्यस्तै दुर्घटनामा घाइते भएका ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP