Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

सरस्वती माध्यमिक विद्यालयको ४० औ बार्षिकोत्सव समारोह सम्पन्न

विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रवक्ता अर्यालको प्रतिवद्धता

दाङ, पुस १३ । दाङको घोराही उपमहानगरपालिका वडा नं ५ भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलले आज सोमवार एक कार्यक्रम गरी विद्यालयको ४० औं बार्षिकोत्सव मनाएको छ । कोरोनाको जोखिम कायमै रहेका कारण विद्यालयले विद्यालय ब्यवस्थापन समिति, शिक्षक, कर्मचारी, चन्दादाता र विद्यार्थीहरु मात्रै जुटेर आफ्नो बार्षिकोत्सव मनाएको हो ।

  विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विवेक श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले अभिभावक, शिक्षक र विद्यार्थीहरुको साझा प्रयासबाट शिक्षाको गुणस्तर बृद्धि गर्न सकिनेमा जोड दिएका छन । घोराही बजारको केन्द्र बिन्दुमा रहेको सरस्वती माध्यमिक विद्यालयको चौतर्फी बिकास लागि सवै एक भएर लाग्नु पर्ने बक्ताहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका प्रवक्ता एंव शिक्षा समितिका संयोजक भरतराज अर्यालले कारोना जोखिमबाट सावधानी अपनाउदै घोराही उपमहानगरपालिकाले विद्यालय सञ्चालन गरिरहेको बताउनुभयो । विद्यार्थी, शिक्षकबिच स्वास्थ्य सुरक्षा सतर्कता अपनाउदै आलोपालो गरी विद्यालयको पठनपाठन सुचारु ग्रिएको बताउनुभयो । साथै उहाले विद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

  कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा गत शैक्षिक सत्रमा बिभिन्न कक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । बाषिकोत्सव समारोहमा विद्यालयमा बिभिन्न चन्दादाताहरुले स्थापनका गर्नु भएको अक्षयकोषबाट बिभिन्न बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार समेत बितरण गरिएको थियो ।

  सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक दिपककुमार श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य तिलक रावत, बिष्णु  कालाथोकी लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP