Trending
समाज यूएई मा बसेर सामाजिक सञ्जालमा भ्रामक भिडियो फैलाउने एक नेपाली पक्राउ अन्तर्राष्ट्रिय नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा: अमेरिका अन्तर्राष्ट्रिय इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु अपराध जेनजी आन्दोलनका क्रममा फरार दुई जना पक्राउ समाज बैतडीमा एक महिला मृत फेला अन्तर्राष्ट्रिय अमेरिकाले आफ्ना सहयोगी देशहरूलाई रुसी तेल किन्न अनुमति दियो खेल एरिना नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त समाज मोटरसाइकल धनगढीमा दुर्घटना समाज हिजो बेलुकी र राति भएको वर्षाले प्रदूषण घट्यो समाज कारोबारसहित बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि

त्रास फैलाउन जनकपुरमा ‘नक्कली बम’

धनुषा – जनकपुरमा विभिन्न चार स्थानमा शंकास्पद बस्तु फेला परेको दोस्राे हप्तामै नक्कली बम राखिएकाे छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र  संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारी बजार अगाडि फेला परेको शंकास्पद बस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ ।

आइतबार राति १२ बजेदेखि नै देखा परेको नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेका हुन् । जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारीअनुसार तर्साउनलाई बम जस्तै तार झुण्ड्याइएकाे पुत्लाको डेन (टाउको) रहेको थियो ।

डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । स्थानीय नागरिकलाई त्रास फैलाउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउँदै उहाँले अनुसन्धान भइरहेको बताउनुभयो 

शंकास्पद बस्तु रहेको ठाउँमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP