१८ वर्षीय डियालो एटलान्टाबाट म्यानचेस्टर युनाइटेडमा अनुबन्धित

काठमाण्डौ – इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युवा विंगर अमद डियालोलाई अनुबन्धित गरेको छ ।

युनाइटेडले इटालियन क्लब एटलान्टाबाट १८ वर्षीय विंगर डियालोलाई अनुबन्ध गरेको हो । आइभरी कोस्टका विंगरसँग युनाइटेडले साढे चार वर्षको सम्झौता गरेको छ ।

सम्झौतासँगै डियालो सन् २०२५ को जुनसम्म युनाइटेडमा रहने छन् । यस्तै डियालोलाई युनाइटेडले थप एक वर्ष सम्झौता थपको विकल्प समेत दिएको छ । 

डियालोले एटलान्टाको सिनियर टिमबाट ५ खेल खेलिसकेका छन् । उनले एक गोलसमेत गरेका छन् । गएकाे वर्ष सिनियर टिममा डेब्यु गरेका उनी उमेर समूहको टिमका मुख्य खेलाडी हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP