Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

प्रिमियर लिगमा ब्राइटनलाई हराउँदै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्राइटनलाई एक शून्य गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो ।

म्यानचेस्टर सिटीका लागि पहिलो हाफको अन्तिम समयमा फिल फोडेनले गरेको एक गोल नै निर्णायक बन्यो । फोडेनले केबिन डि ब्रुएनाको पासको मद्दतमा खेलको ४४ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै म्यानचेस्टर सिटीले १६ खेलबाट ३२ अंक जोडेको छ । पराजित ब्राइटन भने १४ अंककासाथ तालिकाको १७ औं स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा टोटनह्याम र फुलह्यामले एक/एक गोलको बराबरी गरेका छन् । खेलको २५ मिनेटमा टोटनह्यामका लागि ह्यारी केनले एक गोल गरे ।

त्यसपछि दबाबमा परेको फुलह्यामले खेलको ७४ औं मिनेटमा एक गोल गर्दै खेललाई बराबरीमा पुर्याए । फुलह्यामका लागि इभान काभालिरोले गोल गरेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP