Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कोरोना खोप किन्न आर्थिक जोहो गर्दै सरकार

काठमाडौं, कोरोना भाइरसको शिकारबाट मुलुक आक्रान्त भइरहेका बेला सरकारले खोप किन्न आर्थिक जोहो गर्न थालेको छ ।सबै नेपालीलाई खोपको सुनिश्चित गर्ने हिसाबले सरकारले उपलब्ध खोप किन्न रकम जुटाउन थालेको हो । सरकारले गतवर्ष नै कोरोना भाइरसविरुद्ध लड्न भन्दै ‘कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार कोष’ खडा गरेको थियो ।

प्रारम्भिक चरणमा कोषमा निजीक्षेत्रदेखि विभिन्न निकायले उल्लेखनीय रूपमा सहयोग गरे पनि रकम जम्मा हुने शृंखला पछि बिस्तारै सेलाउँदै गएको थियो । हाल उक्त कोषमा २ अर्ब ९० करोड रकम संकलन भएको महालेखा नियन्त्रक कार्यालयको आँकडामा देखिन्छ । अहिले उक्त कोषमा जम्मा भएको रकममध्ये २ अर्ब ४४ करोड खर्च भइसकेको छ ।

यो कोष मुख्यतः कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि खडा गरिएकाले स्वास्थ्य मन्त्रालयले खोप ल्याउन नयाँ कोष निर्माण गरेको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार खोप ल्याउन सरकारको स्रोतले मात्रै थेग्न कठिन पर्ने भएकाले थप स्रोत जुटाउन सार्वजनिक रूपमै रकम जम्मा गर्नका लागि स्वदेशी संघसंस्था तथा दातृ निकायहरूलाई आह्वान गरिएको छ ।

गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति दिएको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP