Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

जेसिजको अध्यक्षमा अशोक शङ्कर विजयी

चितवन – नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शङ्कर विजयी हुनुभएको छ । चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उहाँ निर्वाचित हुनुभएको हो ।

पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शङ्करले ५५२ मत प्राप्त गर्नुभयो । अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत प्राप्त गर्नुभयो । कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो ।     

यस्तै कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित हुनुभएको छ । गुरुङले एक हजार ११ मत, भण्डारीले ६९३ मत, सापकोटाले ९४५ र खरेलले एक हजार ११ मत प्राप्त गर्नुभयो । चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धा भएको थियो ।     

उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी हुनुभएको छ ।

बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो । महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत हुनुभएको नेपाल जेसिजका प्रेस संयोजक दिबु बानियाँले जानकारी दिनुभयो ।     

नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा रहेका छन् । महाधिवेशनका लागि तीन हजार जेसी रत्ननगर आएका थिए । पुस ९ गतेदेखि सुरु महाधिवेशनको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको थियो ।     

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP