Trending
राजनीति केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान अन्तर्राष्ट्रिय डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर flash प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक सहयोग गर्न आग्रह flash भारत र रूसबीच रक्षा, ऊर्जा, व्यापार र कनेक्टीभिटीका क्षेत्रमा महत्त्वपूर्ण सम्झौता समाज काठमाडौँ र ललितपुरका आठ उद्योग तथा फर्मलाई कारवाहीको दायरामा स्वास्थ्य ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालन खेल दूरपश्चिम रोयल्सविरूद्ध पहिले टस जितेर बलिङ flash होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु flash अवैध रुपमा भन्सार छली चोरी पैठारी गरेका ६ लाख ६ हजार बराबरको सामान बरामद flash अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

मन्त्रीमाथि जाइलागे प्रदेश सभा सदस्य, सुरक्षाकर्मीले जाेगाए

धनुषा – प्रदेश २ मा मन्त्री र प्रदेश सभा सदस्यबीच अघिल्लाे आर्थिक वर्षको उपभोक्ता समितिको बक्यौता रकमको विवादमा हात हालाहाल भएको छ ।

मंगलबार दिउँसो प्रदेश सभाको बैठकपछि आआफ्ना बक्यौता रकम भुक्तानीको माग गर्दै प्रदेश सभा अगाडि प्रदर्शनमा उत्रेका उपभोक्ता समितिको पक्ष लिएर कांग्रेसका प्रदेश सभा सदस्य प्रमिला दास पनि प्रदेश सरकारको विरोधमा उत्रनुभएकाे थियाे ।

विरोधकै क्रममा प्रदेश सभाको बैठकबाट नlस्किनेबित्तिकै प्रदेश सभा सदस्य दासकाे भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवसँग विवाद उत्पन्न भएको थियो । विवादकै क्रममा प्रदेश सभा सदस्य दासले मन्त्रीमाथि हात हाल्नैलाग्दा सुरक्षाकर्मीहरुले जोगाएका थिए ।

अघिल्लाे आर्थिक वर्षको झण्डै ९७ करोड रुपैयाँ विकास निर्माणको काम गरेका उपभोक्ता समितिको बक्यौता रहेको छ । बक्यौता रकमको मागबारे छानबिन समिति समेत गठन भएको थियो । त्यस समितिले प्रतिवेदन बुझाइसके पनि हालसम्म भुक्तानी हुन सकेको छैन ।

सोमबार बसेको प्रदेश सभाको बैठक पनि उपभोक्ता समितिकै बक्यौता रकमको माग गर्दै प्रतिपक्षी दल नेकपा र कांग्रेसले अवरुद्ध गरेका थिए ।

मंगलबारको बैठकमा सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउतले जवाफ दिने कार्यक्रम तय थियो । तर मुख्यमन्त्री प्रदेशमा अनुपस्थित भएपछि ५ मिनेटमै बैठक स्थगित भएको थियाे ।उक्त आन्दोलनप्रति प्रतिपक्षी दल सहित प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाइ सकेका छन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP