काठमाण्डाै – कुवेतविरुद्ध विश्वकप छनोट खेल्न भुटान प्रस्थान गर्नुअघि नेपाली चार जना फुटबलरहरु नाइट क्लबमा गएको पाइएपछि प्रतिबन्धमा परेका थिए ।
नेपाली टिमका स्ट्राइकर विमल घर्ति मगर, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई एन्फाले अनुशासनको पालना नगरेकाे भन्दै कारबाही गर्दै प्रतिबन्ध लगाएको थियो । अन्जन र सन्तोषको ४५ दिने प्रतिबन्ध फुकुवा भएको छ भने दिनेश र विमलको भने ९० दिने प्रतिबन्ध बाँकी नै छ ।
त्रिभुवन आर्मीका सन्तोष ४५ दिने प्रतिबन्ध फुकुवासँगै वुधबार थ्रीस्टारविरुद्धको खेलमा मैदान प्रवेश गरे । सन्तोषसले जारी सिजिनको पहिलो ए डिभिजन लिग खेल्दै सुखद् सुरुवात पनि गरेका छन् ।
सुरुमै प्लेइङ सेटमा अटाएका सन्तोषले पूरै समय मैदानमै बिताए । आर्मीले थ्रीस्टारविरुद्ध २–० को सहज जित निकाल्दा सन्ताेष एक गोल गर्न सफल भए । सन्तोषले १७ औँ मिनेटमा थ्रीस्टारको पोस्टमा चार्ज गर्दा डिफेन्डरहरुले किलियर गरेका थिए । ७९ औं मिनेटमा सन्तोषले व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले विजयी हुन सफल भयो ।
थ्रिस्टारविरुद्धकाे खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ केल्मी ‘म्यान अफ द म्याच’ पनि भए । प्रतियोगितापछि आयोजित ‘पोस्ट म्याच’ कन्फ्रेन्समा उपस्थित भएका सन्तोषले आफू एन्फाको प्रतिबन्धपछि धेरै नै रोएको बताए ।
आफ्नै गल्तीका कारण सुरुदेखि लिग खेल्न नपाउँदा फुटबललाई ‘मिस’ गरेको बताएका सन्तोषले युवा खेलाडीहरुलाई यता उता केही नहेरि फुटबलमा ‘फोकस’ हुन पनि आग्रह गरे ।
यसैबीच एन्फा मैदान सातदोबाटोमा भएकाे पहिलाे खेलमा विभागीय क्लब नेपाल पुलिसले गएकाे संस्करणको उपविजेता संकटालाई २–१ गोल अन्तरले पराजित गर्याे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया