Trending
राजनीति सरकारमाथि खनिए विपक्षी दल, विशेष अधिवेशन माग्‍ने सम्मको चेतावनी राजनीति प्रधानमन्त्रीसँग इजरायलका राजदूतको शिष्टाचार भेट राजनीति खुट्टा नकमाई ढुक्कले जलविद्युत्‌मा लगानी गर्नुस् : ऊर्जामन्त्री खड्का राजनीति राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राजनीति फर्निसिङ क्षेत्रलाई निर्यात क्षेत्रका रूपमा विकास गर्नुपर्छ : मन्त्री भण्डारी राजनीति विपक्षी दलहरूको बैठक : सरकारमाथि दबाब बढाउन संयुक्त वक्तव्‍य राजनीति राष्ट्रपति पौडेल आज मकवानपुर आउँदै समाज ‘कार्साङ’को कथावस्तुप्रति शेर्पा समुदायले जनायो आपत्ति flash सूचीकृत पसलको बिमा र संघको पैसा फिक्स गर्छु :  अध्यक्ष शर्मा राजनीति प्रधानमन्त्री ओलीले उद्‌घाटन गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन

धराैटी बुझाएर रिहा हुनै लाग्दा विप्लव समूहका चार जना फेरि प्रहरीकाे नियन्त्रणमा

 धराैटी बुझाएर रिहा हुन लागेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा समूहका चार जनालाई प्रहरीले अदालत परिसरभित्रै धरपकड गरी नियन्त्रणमा लिएको छ ।

बुधवार दाङकाे देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलबहादुर ओली, धनबहादुर बुढा, तिलक पुन र एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिइएको हो । उनीहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरी धरपकडका कारण केहीबेर अदालत परिसरका सर्वसाधारणहरु त्रस्त बनेका थिए ।

गएकाे असोज ३० गते दाङका्जि राजपुर गाउँपालिकाकाे जङ्गलबाट नियन्त्रणमा आएका २१ जनामध्ये चार जना बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए ।

जिल्ला अदालतले गएकाे पुस ७ मा पक्राउ परेका २१ जनालाई नै १५/१५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर प्रहरीले फेरि अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु गएकाे पुस ७ गते धरौटी नबुझाइकन कारागार चलान भएका थिए । 

जिल्ला अदालतको आदेशअनुसार उनीहरु चार जनाका परिवारका सदस्य धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए । उनीहरुका परिवारका सदस्य अदालत पुग्नासाथ अदालत परिसरमा प्रहरी सङ्ख्या बढाइएकाे थियो ।

आफन्तहरुले धरौटी बुझाएपछि रिहा हुनै लाग्दा प्रहरीले दर्ता चलानी कक्ष बाहिरबाटै उनीहरुलाई नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP