कपिलवस्तु प्रहरीले ल्ययाे अपराध नियन्त्रकाे लागि नयाँ पाठ्याक्रम

कपिलवस्तु
कृष्णनगर नगरपालिका भित्रका विद्यालयहरूमा विद्यालय–प्रहरी साझेदारी कार्यक्रम चालु हुने भएकाे छ । 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नगरपालिकाको हलमा एक कार्यक्रमकाे  आयोजना गरि विद्यालय–प्रहरी साझेदारी कार्यक्रम संचालन भएकाे जानकारी गराएकाे  हो ।
बिभिन्न किसिमका अपराध नियन्त्रण, यौनहिंसा, सामाजिक विकृतिको अन्त्य गरी समाजमा शान्ति सुरक्षा कायममा सहयोग पुगोस् भन्ने उदेश्यले नेपाल प्रहरी मातहत रहेर पाठ्याक्रम नै बनाइएको प्रहरी उपरिक्षक नवराज अधिकारी जानकारी दिनुभयो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सानो तथ्याङ्किय प्रस्तुति राख्नु भएका एसपी अधिकारीले बिभिन्न अपराधहरुमा बालबालिका र विद्यार्थी नै संलग्न रहेको खुलासा गर्नुभयो ।
गत तिन बर्षको जिल्लाको तथ्यांक हेर्दा आपराधिक गतिविधिमा विद्यार्थी र बालबालिकाहरूकाे संलग्नता उच्च रहेको पनि अधिकारीले प्रष्ट्याउनु भयो । यसकारण पनि यो काेर्श आवश्यक भएको उहाँको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP