Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

आरक्षण बचाऔं आन्दोलनप्रति सरकार गम्भीर नभए अर्को आन्दोलनको घोषणा गर्छौ स् सरोज राय


काठमाडौं

आरक्षण बचाऔं आन्दोलनले अर्को आन्दोलनको घोषणा गर्ने भएको छ । सरकारले आरक्षण बचाऔं आन्दोलनको मागलाई वार्तामार्फत समाधान गर्ने प्रयास नगरे छिट्टै अर्को आन्दोलनको घोषणा गर्ने आरक्षण परिचालन समिति सदस्य सरोज रायले बताए ।

यसैगरी शनिबार भएको आरक्षण बचाऔँ आन्दोलनले निकालेको लाठ्ठी जुलुसमाथि प्रहरीले अश्रु याग्स प्रहार गरेको थियो ।

संविधानले व्यवस्था गरेको समावेशी तथा समानुपातिक सिद्धान्त विपरित लोकसेवा आयोगको असंवैधानिक असमावेशी विज्ञापनविरुद्ध सुरु भएको आरक्षण बचाऔं आन्दोलनको चौथौं चरणको आन्दोलनको अन्मित दिन शनिबार आरक्षण बचाऔँ आन्दोलनले निकालेको लाठ्ठी जुलुसमाथि प्रहरीले चार राउण्ड अश्रु ग्यास, लठ्ठी चार्ज र धरपक्कड गरेका हुन् ।

भृकुटीमण्डपबाट निकालिएको शान्तिपूर्ण र्यालीमा प्रहरीले हस्तक्षेप गर्दा दर्जनो आरक्षण बचाऔँ आन्दोलनकर्मी घाइते भएको छन् भन्ने १२ जनालाई गिरफतार गरिएको थियो ।

प्रहरीको हस्तक्षेपबाट सख्त घाइते भएका नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलगायत ४ जना अन्य आन्दोलनकर्मीलाई काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको छ ।

यस्तै गिरफतार गरिएका सभासद कौसर साह, दलमर्दन कामी, अर्जुन सेर्मा, रघु थापामगर, तेज बहादुर केरुङ्ग, याम लिम्बु ङावङ, सोनाम सेर्पा, सविन पुलामी मगर ९साकार०, पुर्खाजित राई, मिङमार लामा, सुरज राई र गणेश तिरुवालाई प्रहरीले ३ घण्टापछि रिहा गरेको थियो ।

लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गर्दै आदिवासी जनजाति, दलित ,मधेशी, मुस्लिम, उत्पीडित क्षेत्र, आपंगता भएका व्यक्तिहरु दुई महिनाभन्दा बेसी समयदेखि आन्दोलनमा उत्रिएका छन् । चरणबद्ध आन्दोलनमा उनीहरुले संविधान र कानुनमा भएको आरक्षणको व्यवस्थाविपरीत लोकसेवाले विज्ञापन निकालेको भन्दै खारेजीको माग गरेका छन् ।

दिउँसो ४ बजे आरक्षण बचाऔँ आन्दोलनकर्मीले लाठ्ठी जुलुस निकाल्ने कार्यक्रम थियो । तर, बाक्लो संख्यामा परिचालित प्रहरीले उनीहरु लाठी भृकुटीमण्डपमै खोसेपछि करिब ५ बज्नै लाग्दा विरोध यार्ली निकालिएको थियो ।

शान्तिपूर्ण र्यालीमा प्रहरीको हस्तक्षेपबाट जगत बराम, राम नेपाली लगतय अन्य ५ जना घाइते भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP