उज्यालो जिल्ला घोषणा
मनिष गुप्ता
कपिलवस्तु
नेपाल विधुत प्राविधिकरण कृष्णनगर वितरण केन्द्रको कालोसुचिमा रहेकाहरु वाट २० लाख ४१ हजार रकम संकलन गर्न सफल भएको छ । यस आर्थिक वर्ष २०७५।७६ मा कालोपाटीमा ४६ लाख ४८ हजार रकम रहेको थियो ।
गत आर्थिक वर्षमा २०७४।७५मा कालोपाटीमा २१ लाख ६५ हजार रकम रहेको थियो जसमा १ लाख २ हजार मात्र रकम संकलन भएको थियो । त्यस्तै यस वर्ष ८ सय ५९ ठाउमा लाइन काटिएको छ । यस वितरण केन्द्र अन्र्तरगत यस वर्ष ३ हजार ३ सय ७२ नया ग्राहक थप भएका छन । अव यस बितरण केन्द्रका ३६ हजार ६ सय ३३ ग्राहक बनेका छन ।
वितरण केन्द्रले यस वर्ष विद्युत विक्रि वाट ६६ करोड ७० लाख १५ हजार रकम संकलन गरेको छ । गत वर्ष भन्दा यस वर्ष विद्युत विक्रि रकममा ३५।३७ प्रतिशतले वृद्धी भएको वितरण केन्द्रका प्रमुख लक्ष्मीकेशर अगंञ्जाले वताए । विद्युत चुवाहट कारवाहीमा भने गत वर्ष भन्दा यस वर्षको सख्या कमि देखिएको छ । वितरण केन्द्र सार्वजनिक गरेको प्रगति विवरणमा ८५ जनालाई मात्र विद्युत चुवाहटमा कारवाही गरिएको छ ,गत वर्ष १ सय २० जनालाई कारवाही गरिएको थियो ।
यस वर्षमा सरकारको उज्यालो अभियान अन्तरगत गरिव तथा विपन्न वर्गका ११ सय ८७ जनालाई निशुल्क विद्युत मिटर वितरण गरिएको छ । त्यस्तै २६ ठाउमा नया ट्रान्सफर्मर २८ ठाउमा ट्रासफर्मर अपग्रेड गरिएको छ । वितरण केन्द्र अन्तरर्गत केहि ठाउमा भएको ट्रान्सफर्मर चोरी हुदाँ थप क्षेती भएको वताइएको छ ।
ट्रान्सफर्मर चोरी
विद्युत् विस्तार भएसँगै कपिलवस्तुमा ट्रान्सफर्मर चोरी बढेको छ । रातको समयमा ट्रान्सफर्मरभित्रको तामाको तार झिक्न गिरोह नै सक्रिय रहेको नेपाल विद्युत् प्राधिकरण, कृष्णनगर वितरण केन्द्रले जानकारी दिएको छ । गत फागुन १५ मा बहादुरगंजमा सिंचाइ आयोजनाको ५० केभिएको, फागुन १७ मा सफरमा सिंचाइ आयोजनाको २५ केभिएको ट्रान्सफर्मर चोरी भएका थियो । यस्तै, चैत २ गते दयानगर स्थित जय अम्बे रोडा उद्योगबाट समेत ४०० केभिए ट्रासर्फमर चार्ने प्रयास गरेको भएपनि असफल भएको वताइएको छ ।
चैत ५ मा सौनहवामा १०० केभिएको ट्रान्सफर्मर चोरीको वताइएको छ । सौनहवामा भएको चोरीकोे एक साता नबित्दै चैत १४ गते विजयनगर गाउँपालिका–५ पिपरीमा १०० केभिएको ट्रान्सफर्मर चोरी भएको कार्यालय प्रमुख अगंन्जाले जानकारी दिए । करिव २५ लाख वढीको ट्रासफर्मर चोरी भएको उनले जनाए । ट्रान्सफर्मरमा जडित विद्युत्का क्वायल काट्ने र तामा झिक्ने गरेको उनले जानकारी दिए । चोरी भएका ठाउँका ट्रान्सफर्मर भुइँमा झारेर तामा झिकेर लगेको अवस्थामा भेटिएका थिए।
दर्गम क्षेत्रमा विद्युतको पहुच
कपिलवतस्तु जिल्लाकै सवैभन्दा दुर्गम क्षेत्रहरुमा विद्युतको पहुच पुर्याएको वितरण केन्द्रको दावी छ । विजयनगर गाउँपालिकाको जैवावैराठ र शिवराज नगरपालिकाको बनकसमा विद्युत पुुगेपछी वितरण केन्द्रको क्षेत्र भित्र उज्यालो जिल्ला घोषणा समेत गरिएको हो ।
४८ वर्ष देखि अन्धकार बनकस गाउँमा विजुली पुगेपछि त्यहाका बासिन्दा हर्षीतभएका छन् । वनकसवासामा विद्युत नहुदा त्यहाका बासिन्दा धेरै समस्या भोग्न वाध्य भएका थिए । विजुलीको प्रदेशन ५का प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले स्वीच अन गरेर उदघाटन गरेपछी विजुली नहुदा कष्टकर जिवन विताएर अध्ययन गरिरहेका वालवालीका विजुली पुगेपछि सवैभन्दा खुसी भएका छन ।
शिवराज नगरपालीका वडा न १ को १० लाख र नेपाल विद्युत प्राधिकरणको ४० लाखको लागतमा विजुली पुराउन सफल भएको नेपाल विधुत प्राधिकरण कृष्णनगरका प्रमुख लक्ष्मी केशर अगंजाले वताए । वि।स २०२८ सालमा महेन्द्रराज मार्ग विस्तार हुनेवेला वसेको वस्तीमा ४८ वर्ष पछि विजुली पुगेको हो । विजुली नहुदा ७२ घर भएको गांउलेले जेनेटर चलाएर टयुवेल वाट पानी उपभोग गर्दै आएका थिए । अहिले विद्युत पुगेपछी घरघरमा मोटर तथा वोरिङ वाट पानी उपभोग गरिरहेका छन ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया