Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

शिवराज नगरस्तिरय माघी(खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा ।।

राम अवतार चौधरी
कपिलवस्तु, २६ पौष ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुन लागेको प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । थारु समुदायमा लोप हुँदै गएको कला संस्कृतिको संरक्षण प्रबर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

“थारु संस्कृतिके संरक्षण, सम्बर्द्धन अउर प्रबर्द्धन कयना हम्मन अभियान, न्याय समान्ता अउर पहिचान सहितके स्वयत्त थरुहट प्रदेशके निर्माण“ भन्ने मुल नाराका साथ यहि माघ २ गतेदेखि ४ गते सम्म सञ्चालन हुन लागेको महोत्सवको तयारी तिब्र भएको आयोजकले दाबी गरेको छ ।

थारु समुदायमा नाचिने झुम्रा, झररा, सखिया, मयुर लगायतको नृत्य, थारु भेषभुषाको प्रदर्शन, थारु खानाको परिकार, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन लगायतको महोत्सवका मुख्य आकर्षणको केन्द्र बिन्दु रहेको महोत्सव संयोजक इन्द्र बहादुर थारुले जानकारी दिनुभयो ।

त्यसैगरी महोत्सवमा दर्शकहरूलाई मनोरञ्जन दिनको लागि कलाकारहरू अञ्जु कुस्मी, राज कुस्मी, समीक्षा चौधरी, गणेश चौधरी, श्रीनिवास चौधरी, हरिनारायण चौधरी, खेम चौधरी, सरगम चौधरी, उत्तम चौधरी, सिमान्त चौधरी, सोनु कुस्मी, रीतु चौधरी रहेका छन् ।

यसैगरी रन्जित थारु, सुनिता दहित, विशाल चौधरी, विष्णु थारु, सत्यनारायण फटेरा, श्याम सिटी, शारदा थारु, जया चौधरी र प्रमिला चौधरी लगायतका स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुुति समेत रहने साँस्कृतिक संयोजक उत्तम सिटीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP