Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

प्रहरी प्रमुखलाई फेसबूकमा गाली गरेको एक युवक पक्राउ


काठमाडौं

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख, एसएसपी उत्तमराज सुवेदीलाई फेसबूकमा गाली गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्राउ परेको विषयलाई लिएर एसएसपी सुवेदीलाई फेसबूकमार्फत गाली गरेको आरोपमा अछाम घर भएका युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा अछाम घर भएका रिदम बिसी भनिने शंकर बिक छन् । जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उनलाई अछाम सदरमुकाम मंगलसेनबाट पक्राउ गरेको हो ।

पक्राउ परेका बिकमाथि थप अनुसन्धानका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी होविन्द्र बोगटीले शंकरलाई पक्राउ गरिएको बताए ।

‘जिल्ला प्रहरी कार्यालय अछामलाई पक्राउका लागि पत्र पठाइएको थियो । पक्राउ गरेर अहिले काठमाडौं ल्याइँदै छ,’ बोगटीले भने ।

शंकरले रवि लामिछाने पक्राउको विषयमा आक्रोश पोख्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुवेदीको तस्वीर राख्दै गालीगलौच गरेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शंकरले आफू गायक भएको बताएका छन् । उनले आफू लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति अछामको कार्यसमिति सदस्य भएको समेत बताएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP