Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

शिवराजमा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी पुरा ।।

राम अवतार चौधरी
कपिलवस्तु, १ माघ ।

कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा हुने प्रथम नगरस्तरिय माघी(खिचडी) महोत्सवको तयारी पूरा भएको छ । मंगलबार पत्रकार सम्मेलन गरि तयारी पूरा भएको आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य आकर्षण घरेलु उत्पादन विधि तथा हस्तकला, चित्रकला बस्तुकलाको संरक्षण एवम् सम्बर्द्धन साथै बजारीकरण, थारु जातिको कला, संस्कृति क्षेत्रमा अभिनय गरि आत्मबल बढनुको साथै नयाँ प्रतिभाहरूको उत्पादन, लोप हुँदै गइरहेको भेषभुषा प्रदर्शन, थारु पुर्खाैली सामाग्रीको प्रदर्शन, थारु समुदायको झुमरा, झररा, मयूर, लाठी, सजनी बिरहनी जस्ता नृत्य प्रदर्शनमा रहने छ ।

साथै अलग–अलग छरिएर रहेका समुदायलाई एक्यवद्धता गराउन, स्थानीय धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको प्रचारप्रसार र कार्यक्रमको माध्यमबाट रुढीबादी, सामाजिक विसंगति जस्ता कु–प्रथा हटाई जनचेतना फैलाउने लगायतका उद्देश्य सहित सो महोत्सव आयोजना गरिएको महोत्सव संयोजक इन्द्रबहादुर थारुले बताए ।

यस्तै महोत्सवलाई रोचन बनाउनुका साथै दर्शकलाई मनोरञ्जन दिन अञ्जु कुस्मी, राज कुस्मी, श्रीनिवास चौधरी, गणेश चौधरी, समिक्षा चौधरी, हरिनारायण थारु, खेम चौधरी, सोनु कुम्मी लगायत कलाकारले कार्यक्रमलाई रोचक बनाउने छन् ।

त्यसैगरी सरगम चौधरी, सुनिता दहित, प्रमिला चौधरी, सत्यनारायण फटेरा, रितु चौधरी, सिमान्त चौधरी, श्याम सिटी, रञ्जित थारु, उत्तम चौधरी, विशाल थारु, विष्णु थारु, जया चौधरी, शारदा थारु, आर एन चौधरी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले मञ्च तताउने साँस्कृतिक संयोजक उत्तम चौधरीले जानकारी दिए ।

उक्त कार्यक्रममा इन्द्रबहादुर थारुको अध्यक्षता, थारु कल्याणकारी सभा कपिलवस्तु जिल्ला सचिव जगत बहादुर थारुको प्रमुख आतिथ्यता, नगर सचिव प्रकाश थारु, भुमिसरा थारु, शिवराज वडा नं.५ सदस्य धनीराम थारु, चन्द्रौटा व्यापार संघ कपिलवस्तुको अध्यक्ष महादेव पोख्रेल लगायतको अतिथ्यता, स्थानीय सञ्चारकर्मीहरूको उपस्थित र राम अवतार थारुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP