Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तुको लोहरौलामा थारु परम्परागत मेला यसरी भयो समापन ।।

 

राम अवतार चौधरी
कपिलवस्तु, १३ माघ ।

कपिलवस्तुको विजयनगर गाउँपालिका–२, लोहरौलामा थारु संस्कृति एवम् परम्परागत त्रिवेणी मेला शनिबार भव्य सम्पन्न भएको छ । लोहरौला गाउँ समाजको आयोजनामा भएको कार्यक्रम ऐतिहासिक रुपमा राती सम्पन्न भएको हो ।

“हमन भाषा ओ संस्कृति हमनके सान, थारु संस्कृति बचएना हमन अभियान“ भन्ने मुल नाराका शुक्रबारबाट सुरू भएको मेला शनिबार राती सम्म सञ्चालन भएको आयोजकले जनाएको छ ।

मेला कार्यक्रमको समापन समोरोहमा बोल्दै विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी थारुले थारु समुदायको लावा बर्षको अवसर पारेर आयोजना गरेको मेलाले यस क्षेत्रको सम्रग थारु समुदायको संस्कृति बचाउन प्रोत्सहन गरेको बताएकी छन् । लोप हुँदै गएको पुख्र्यौली सामाग्री थारुहरूको इतिहास नै अरु समुदायभन्दा फरक रहेको बताउँदै सबै नेपाली समाजमा पश्चिमी संस्कृतिले विस्थापित हुँदै गएकोमा उनले चिन्ता व्यक्त गरेकी छन् ।

अब भने हामी थारु यस्ता पश्चिमी संस्कारबाट सजग रहनुपर्ने जनाउँदै थारु संस्कृतिले स्वदेशी मात्रै नभएर विदेशी पर्यटक समेत नेपाल भित्रिने गरेको साथै यसलाई बचाउन अबको पुस्ता जाग्नु जरुरी रहेको समेत उपाध्यक्ष थारुले बताईन् ।

यस्तै मेलाको अन्तिम दिन सरगम चौधरी, उत्तम चौधरी, विष्णु थारु, बिन्दु थारु, शारदा थारु, राजेन्द्र चौधरी लगायत कलारहरूले दर्शकलाई मनोरञ्जन दिएको मेला संयोजक कृष्ण बहादुर थारुले जानकारी दिए ।

त्यसैगरी मेलामा थारु समुदायको पौराणिक समाग्रीको नामलिस्ट थारु संग्रहालयमा सहित सजाइएर राखिएको साथै थारु खानाको परिकार सहित करिब १ सय ५० जति स्टल राखिएको थियो ।

उक्त मेला कृष्ण बहादुर थारुको संयोकतत्व, विजयनगर गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी कुमारी थारुको प्रमख आतिथ्यता, सोमईलाल कन्ट्रक्सनको प्रोपराइटर सोमईलाल थारु, थारु कल्याणकारी सभा शिवराज नगर सदस्य सुमन थारु लगायतको आतिथ्यता, मिर्जा थारुको स्वागत र पिन्टुराम थारुको सञ्चालनमा मेला भव्य सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP