Trending
समाज कान्तिपुर सिटी कलेजमा अनेरास्ववियूको शान्तिपूर्ण प्रदर्शन अन्तर्राष्ट्रिय जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दै गर्दा सीमा क्षेत्रबाट पक्राउ समाज पेट्रोलियम पदार्थको मूल्य बढ्यो समाज प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या राजनीति सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने राजनीति सपथ ग्रहण समारोहमा भाग लिन परराष्ट्रमन्त्री बालानन्द शर्मा आज ढाका जाँदै राजनीति यो चुनाव देश बनाउने र जलाउनेबीचको संग्राम हो : ओली राजनीति गगनकुमार थापाले आईटी क्षेत्रबाट नेपालले लिनसक्ने लाभ र आगामी योजनाबारे आफ्नो धारणा खेल विश्वकपमा तेस्रो हार बेहोरेसँगै सुपर आठको सम्भावना समाज महाशिवरात्रिमा ६ लाख बढीले गरे पशुपतिनाथको दर्शन

यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गयाे

यूएई – यूएईमा गाडीको ठक्करबाट एक नेपालीको ज्यान गएको छ । ओमानबाट यूएई आउँदै गरेको लरीले ठक्कर दिंदा दार्चुलाका रमेश कामीको ज्यान गएको हो ।

सामान बोकेर तीव्र गतिमा आएको लरीले सडक पार गर्दै गरेका कामीलाई ठक्कर दिंदा घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी प्रमोद तामाङले उज्यालोलाई जानकारी दिनुभयो । हत्ताको मुजेरा सुपरमार्केट नजिकै दुर्घटना भएको हो ।

शनिबार साँझ भएको दुर्घटनाको नेपाली दूतावासले सोमबार पुष्टी गरेको छ । यूएईको क्लिन्को नामक सरसफार्इ गर्ने कम्पनीमा कार्यरत दार्चुलाका रमेश कामीको ज्यान गएको दूतावासले जनाएको छ । यसबारे थप अनुसन्धान भैरहेको र लरी चालक प्रहरीको नियन्त्रणमा रहेको कम्पनीले जनाएको छ ।

दुर्घटनाबारे जानकारी पाएलगत्तै दूतावासले कम्पनी र स्थानीय प्रहरीसँग समन्वय गर्न दूतावासका जनसम्पर्क अधिकृत (पीआरओ) खटाएको जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP