Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

चार सय वर्ष पुरानाे ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति चोरी

काठमाण्डाै – शङ्खरापुर नगरपालिकाको साँखुबाट चार वर्ष पुरानो ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति चोरी भएको छ । साल्खा महादेवस्थानको नामले चिनिने सुनको जलप लगाएको तामाको प्रतिमूर्ति साँखुका मूल पुरोहित सुदनराज राजोपाध्यायको घरबाट गए राति चोरी भएको हो ।

हरेक वर्ष जनैपूर्णिमाको जात्रामा पूजा गरिने झण्डै साढे दुई फिटको चारमुखी ज्योतिर्लिङ्गेश्वर महादेवको मूर्ति मध्यरातमा घरबाटै चोरी भएको पूजारी सुदनराज राजोपाध्यायले जानकारी दिनुभयो । भूकम्पले मूर्ति राख्ने घर भत्किएपछि पूजारीकै घरमा मूर्ति राख्ने गरिएको थियो ।

पूजारीको काका नाता पर्ने आनन्दराज राजोपाध्याय राति शौचालय जान खोज्दा घरको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि उहाँ झ्यालबाट निस्किनु भएकाे थियाे । मूर्ति राखिएको कोठाको ढोका खुला देखिएपछि गएर हेर्दा चोरी भएको थाहा पाएको राजोपाध्यायले बताउनु भयो ।

उहाँ भन्नुहुन्छ, ‘अन्य कोठामा समेत बाहिरबाटै चुकुल लगाएको देखेपछि महादेवको मूर्ति राख्ने कोठामा गए, हेर्दा मूर्ति नभेटिएपछि तत्कालै छिमेकी र प्रहरीलाई खबर गरिहालेँ ।’

उहाँका अनुसार घरको पर्खालमा रहेको गमला फुटेको र पर्खाल नजिकै मूर्तिमा रहेको महादेवको नाग भेटिएकाले घरको पर्खाल चढेर मूर्ति चोरेको हुन सक्ने आशङ्का रहेको छ । मूर्ति राखिएको पूजारीको घरमा व्रतालुसमेत बस्ने गरेकाले व्रतालुलाई आवतजावतमा समस्या नहोस् भनि मुलद्वारमा तालासमेत लगाउने गरेको थिएन ।

घटनाको खबर प्राप्त भएलगत्तै प्रहरी परिचालन गरेको महानगरीय प्रहरी प्रभाग साँखुले जानकारी दिएको छ । ज्योतिर्लिङ्गेश्वर महादेव ६४ लिङ्गेश्वरमध्ये ३४औँ लिङ्गेश्वरका नाममा चिनिन्छ ।

यस ठाउँमा माधवनारायण (ज्योतिर्लिङ्गेश्वर) महादेवको व्रत बस्ने व्रतालु शिवरात्रिका दिन जाग्राम बस्दछन् । त्यस दिन जाग्राम बसेपछि मात्रै माधवनारायण व्रतका क्रममा आफूले इच्छाएको पूरा हुने जनविश्वास छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP