बुटवल
प्रदेश–५ का ११ जिल्लाको सुरक्षा निगरानी सीसीटीभी मार्फत सुरु गरिएको छ ।
आधुनिक सुरक्षा प्रणाली जडान गरी प्रदेशको शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले प्रदेश–५ सरकारले रोल्पा बाहेकका ११ जिल्लामा १ सय ५ ओटा सिसिटीभी क्यामेरा जडान निगरानी सुरु गरेको हो ।
२ करोड ५९ लाख ९३ हजार रुपैयाँ बजेटमा १ सय ५ वटा सिसिटीभी क्यामेरा जडान गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले बताए ।
लुइँटेलका अनुसार रुपन्देहीमा १८, प्यूठानमा ९, अर्घाखाँचीमा ७, गुल्मीमा ८, पाल्पामा १६ , नवलपरासी पश्चिममा १८, कपिलवस्तुमा १४, बाँकेमा १५ र प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा ८ वटा सीसीटीभी जडान भएका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा राखिएको कन्ट्रोल रुम स्थापना र ८ वटा सीसीटीभी खरिद तथा जडान गर्न २१ लाख ६३ हजार खर्च भएको लुइटेलले बताए । बुटवलको गोलपार्क, बिद्युत चोक, हस्पिटल लाइन, भुड्की चोक, मिलनचोक, राजमार्ग चौराहा, नेपालगन्ज रोड र तिनाउ पुल पारीसम्मको करिब ३ किलोमिटर क्षेत्रका मुख्य राजमार्गको दृश्य कन्ट्रोल रुपमा कैद हुनेछ । चालु आर्थिक बर्षमा प्रदेशका १२ जिल्लाका ४५ संवेदनशील स्थानहरुमा सीसीटीभी जडानका लागि प्रस्ताव गरिएको लुइँटेलले बताए ।
सिसिटीभी कन्ट्रोलरुमको मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सिसिटीभी जडानपछि दुर्घटना र अपराध न्यूनिकरणमा सहयोग मिल्ने बताए ।
प्रहरीको एक्लो प्रयासले मात्रै दुर्घटना र अपराध न्यूनिकरण गर्न नसकिने हुँदा सिसिटीभी जडानका लागि प्रदेश सरकारले पर्याप्त वजेट छुट्टाएको बताए ।
बढी दुर्घटना हुने, ट्राफिक जाम हुने र आपराधिक गतिविधि हुन सक्ने शंकास्पद स्थानहरुमा पनि सिसिटीभी जडान गर्नुपर्ने आवश्यकता औंल्याउंदै उनले सरकारले सहयोग गर्ने बताए ।
सिसिटीभी जडानपछि समाजमा हुने अपराधिक घटनाहरुमा कमी आउनुका साथै घटनाहरुको वैज्ञानिक अनुसन्धान गर्न, अपराधी मनोवृत्तिका मानिसहरुमा मनोवैज्ञानिक असर पार्न, फरार अभियुक्त तथा सवारी साधनको पहिचान गर्न र कम जनशक्तीबाट धेरै स्थानहरुको अनुगमन गर्न सजिलो हुने प्रदेश प्रहरी प्रमुख सुरेशविक्रम शाहले बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया