Trending
flash कृष्णनगरले दियो प्रहरीलाई ‘फायर एक्स्टिङगुइसर’ राजनीति महिला लगानीकर्तालाई ऊर्जा क्षेत्रमा प्रोत्साहन गर्नुपर्छ : मन्त्री चौधरी राजनीति नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगको समझदारी समाज निजी स्कुलको शुल्क निर्धारण गर्न समिति, १५ दिनमा प्रतिवेदन बुझाउने अन्तर्राष्ट्रिय अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित समाज बेरोजगार र अस्थायी कर्मचारीलाई शिक्षक सेवा, लोक सेवा र बैंकका निःशुल्क कक्षा चलाउँदै बिहादी राजनीति नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी समाज जंगलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच घर नष्ट राजनीति स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री समाज काभ्रेमा सुमो दुर्घटना, चालकसहित १० जना घाइते

कपिलवस्तुमा मेयर भन्दा ठेकेदार पावरफुल

कपिलवस्तु १६ माघ  ।

विगत २ महिना यता जिल्लाका विभिन्न स्थानीय तहले नदीजन्य पर्दाथ निकासी ठेक्का लगाएपनि त्यसको नियमन गर्न नसक्दा बेथिती बढ्ेको छ । कर्मचारी अभाव, सुरक्षाकर्मी संगको समन्वय तथा विभिन्न कारण देखाएर ठेक्का लगाउने जिम्मेवार निकायले नै नदीजन्य पर्दाथ अनुगमन नगरेपछि ठेकेदारलाई दशै आएको छ । कम परिमाणमा पनि लाखौ रुपैया ठेक्का हानेका ठेकेदार दिनमा वैद्यानिक र रातम अवैधानिक काम गर्ने गरेको विगतका घटनाहरुले देखाएको छ । १५ दिन अघि मात्र सगरहवा नाकाबाट शशस्त्र प्रहरीले अवैध रुपमा नदीजन्य पर्दाथ निकाल्दै गरेका ३५ वटा ट्याक्टर पक्राउ गरेको थियो । घटना अनुसन्धानबाट उक्त ट्याक्टर ठेकेदारले खटाएर राती नदीमा गएको र रोयल्टी रसिद विना नै संकलन गर्ने गरेको पत्ता लागेको थियो । एक साता अघि मात्रै अकबरपुर नाकामा अवैध रुपमा नदीमा प्रवेश गरेको एक्साभेटर मेशिन शशस्त्र प्रहरीले पक्राउ गर्यो । उक्त एक्साभेटर पनि ठेकेदारकै निर्देशनमा खोलामा हालिएको थियो ।

सोमबार राती मात्रै तिलौरीघाट नाकाबाट वडा प्रहरी कार्यालय तौलिहवाले बालुवा चोरीमा संलग्न ७ टयाक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जिल्ला समन्वय समिती कपिलवस्तुमा बुझाएको छ । अरु समय रातीमा समेत रसिद दिने भएकाले आफूहरुले रातीका बेलामा बालुवा बोकेको टयाक्टर चालकले बताए । चालक म ५ बजेर ३० मिनेट पछि खोलामा पसेको थिए । ठेकेदारका प्रतिनिधिहरु ढिला हुदा पनि रसिद कटने गरेकोले खोलामा पसेर बलुवा लोड गरि निस्कदा ट्याक्टर फसेर ढिला भएको बताए । अरु समयमा रसिद कट्ने आज गएको समेत स्विकार गरे । अर्का चालक कहिले कहि राती भए पनि काम गरिन्छ । बलुवा लोड गरिन्छ ।

तिलौराका स्थानीयको अनुसार राति १० बजे सम्म बालुवा निकासी भएको बताएका छन । उनीहरुले विहाना ४ बजे देखि १० बजे राति सम्म बलुवा निकाल्ने काम भएको बताए । स्थानियको अनुसार गाई भैसीं चराउने ठाँउमा डम्पिङ्ग गरेर गाई बस्तुलाई कहाँ लैजाने समेत समस्य भएको बताएका छन । हामी भन्दा कपिलवस्तु नगरपालिका समेत नसुनेको गुनासो गरेका छन । त्यस्तै वडा अध्यक्ष समेत वस्ता गर्दैन्न । हामी हैरान छौ । के गर्ने भनेर गाउँवासीको समस्या रहेको छ । कपिलवस्तु नगरपालिकाले प्रदेश ५ सरकारको कार्यबिधी बिपरित आफनै कार्यबिधी बनाएर लगाएको ठेक्काको अनुगमन नहुदाँ नदीजन्य पदार्थको दोहन बढदै गएको छ । कपिलवस्तु नगरपालिकाले प्रदेश कार्यबिधी मिचेर लगाएको ठेक्कामा दोहन बढेको समाचार पटक पटक प्रशारण हुदै आए पनि नगरपालिकाले अनुगमन र कारवाहीमा चासो दिएको छैन ।

कपिलवस्तु नगरपालिकाले सुर्योदय र सुर्यास्त पस्चात बिना बिल नदीजन्य पदार्थ निकाल्न नपाउने सर्तमा ठेक्का लगाएको वडा नम्बर ६ स्थित तिलौरीनाकामा सम्झौता बिपरित रातीको समयमा बालुवा बोक्दै गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएकामा लु ३ त २४५१, ३५४४, २५८३, ७८४९, ६०२८, ८५२७ र ४८८३ नम्बरका टयाक्टरहरु छन । तोकिएको ठेक्का सम्झौता बिपरित रातीका समयमा खोलामा बालुवा निकाल्दै गरेको अवस्थामा स्थानिय प्रशासनले ७ वटा टयाक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागी जिल्ला समन्वय समितीमा बुझाएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले जानकारी दिनुभयो । कपिलवस्तु नगरपालिकाले प्रदेश ५ सरकारको नदीजन्य पदार्थ व्यवस्थापन कार्यबिधी २०७५ बिपरित आफनै कार्यबिधी बनाई आफनै नेतृत्वमा अनुगमन समिती बनाएर पनि अनुगमन नगर्दा समस्या आएको जिल्ला समन्वय समिती कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनालले जानकारी दिनुभयो ।

जिल्लाको कपिलवस्तु नगरपालिका मात्र नभई बुद्धभूमी, बाणगंगा, शिवराज, विजयनगर, कृष्णनगर लगायतका स्थानीय तहमा पनि नदीजन्य पर्दाथको दोहन बढेको छ । तोकिएको भन्दा बढि रकम असुल्ने, तोकिएको क्षेत्राधिकार बाहिर गएर बन क्षेत्रमा अवैध उत्खनन् गर्ने, मापदण्ड विपरित डम्पीङ् गर्ने, नक्कली बिल बनाई राजस्व तथा परिमाणमा ठगि गर्ने लगायतका गतिविधिहरु भइरहेको छ । जिल्ला स्तरीय अनुगमन समितिले ठेक्का लगाउने निकाय प्रमुख जिम्मेवार बन्नुपर्ने भन्दै पन्छने र स्थानीय तहहरुले जनशक्ति तथा सुरक्षाकर्मीले समन्वय नगरेको कारण देखाउदै तर्कने गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP