Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

कपिलवस्तुमा लामो समय देखि विवादित भवनको शिलान्यास ।।

राम अवतार चौधरी
कपिलवस्तु, १६ माघ ।

विगत लामो समय देखि विवादित रहँदै आएको कपिलवस्तुको शिवराज नगरपालिकाको भवन बिहिबार शिलान्यास गरिएको छ । नगर प्रमुख नेत्रराज अधिकारीले भवनलाई शिलान्यास गर्दै आम नागरिकहरुलाई सहज रुपमा पहुच सेवा प्रवाह होस् भन्ने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको उनले बताए ।

शिवराज नगरपालिका–५ रहटकोल गाउँमा रहेको सार्वजनिक जग्गामा बन्न लागेको भवन निर्माणमा केहि व्यक्तिले बिरोध गरेका थिए । विकासको काम अघि वढेको भन्दै भवन निर्माण पश्चात स्थानियहरुलाई सहज हुने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे । भवनलाई आर्कषक र मजबुत बनाउने योजना स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुगमन गरिने अधिकारीले जनाए ।

अहिले भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्न समस्या भइरहेको र कर्मचारीहरुको बसाईमा समेत समस्या रहेको उनले बताए । “हामी नगरपालिकाका विभिन्न वडा कार्यालयको समेत भवन निर्माण गरिरहेका छौँ नगरको भवन बन्दा सम्म सवै वडाको भवन निर्माण पनि निर्माण हुनेछ” नगरप्रमुख अधिकारीले भने ।

शिवराज नगर कार्यपालिका निर्माण अनुसार स्थान छनोट गरी भवन निर्माणको काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । पौडेलले भने “विभिन्न समस्याले निश्चित समय भन्दा पछि काम सञ्चालन भए पनि अब भने काम रोकिने छैन्” ।

११ करोडको लागतमा निमार्ण हुन लागेको भवन २ वर्षमा सम्पन्न हुने बताईएको छ । भवन निमार्णको लागि गत असारमा कैलाश एण्ड कम्पनी सँग संम्झौता भए पनि अदालतमा मुद्धा परेपछि काम हुन सकेको थिएन् ।

उक्त कार्यक्रममा स्थानिय राजनितिदलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP