Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तुमा लामो समय देखि विवादित भवनको शिलान्यास ।।

राम अवतार चौधरी
कपिलवस्तु, १६ माघ ।

विगत लामो समय देखि विवादित रहँदै आएको कपिलवस्तुको शिवराज नगरपालिकाको भवन बिहिबार शिलान्यास गरिएको छ । नगर प्रमुख नेत्रराज अधिकारीले भवनलाई शिलान्यास गर्दै आम नागरिकहरुलाई सहज रुपमा पहुच सेवा प्रवाह होस् भन्ने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको उनले बताए ।

शिवराज नगरपालिका–५ रहटकोल गाउँमा रहेको सार्वजनिक जग्गामा बन्न लागेको भवन निर्माणमा केहि व्यक्तिले बिरोध गरेका थिए । विकासको काम अघि वढेको भन्दै भवन निर्माण पश्चात स्थानियहरुलाई सहज हुने नगरप्रमुख अधिकारीले विश्वास व्यक्त गरे । भवनलाई आर्कषक र मजबुत बनाउने योजना स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुगमन गरिने अधिकारीले जनाए ।

अहिले भाडामा रहेको कार्यालयबाट सेवा प्रदान गर्न समस्या भइरहेको र कर्मचारीहरुको बसाईमा समेत समस्या रहेको उनले बताए । “हामी नगरपालिकाका विभिन्न वडा कार्यालयको समेत भवन निर्माण गरिरहेका छौँ नगरको भवन बन्दा सम्म सवै वडाको भवन निर्माण पनि निर्माण हुनेछ” नगरप्रमुख अधिकारीले भने ।

शिवराज नगर कार्यपालिका निर्माण अनुसार स्थान छनोट गरी भवन निर्माणको काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताए । पौडेलले भने “विभिन्न समस्याले निश्चित समय भन्दा पछि काम सञ्चालन भए पनि अब भने काम रोकिने छैन्” ।

११ करोडको लागतमा निमार्ण हुन लागेको भवन २ वर्षमा सम्पन्न हुने बताईएको छ । भवन निमार्णको लागि गत असारमा कैलाश एण्ड कम्पनी सँग संम्झौता भए पनि अदालतमा मुद्धा परेपछि काम हुन सकेको थिएन् ।

उक्त कार्यक्रममा स्थानिय राजनितिदलका प्रतिनिधि, विभिन्न संघ सस्थाका प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP