Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

बेल्वासेद्धारा २५ जना विद्यार्थीलाई पोशाक वितरण

माधव बेल्वासे
चन्द्रौटा,माघ १६
सामाजिक अभियान्ता गणेश बेल्वासेले २५ जना विद्यार्थीहरुलाई पोषाक वितरण गरेका छन् । शितगंगा नगरपालिका वडा नं. ११ दोबाटा स्थित ताराज्योती आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित विद्यालय पोशाक वितरण गरेका छन् ।
विकास र समृद्धिको लागि युवाहरूलाई एकिकृत गरी अगाडी बढेका शितगंगा न. पा. ११ खयरभट्टी बस्ने बेल्बासेलेसरस्वती पूजाको उपलक्ष्यमा वितरण गरेका हुन् । फजुल खर्च गरेर रमाउनु भन्दा बचत गरी सकारात्मक काममा आफनो लगानी लगाउनुपर्ने उनको भनाई छ । विद्यार्थीहरुलाई वितरण गर्दै उनीले शिक्षा वाट बन्चित बालवालिकाहरुलाई शिक्षाको पहुँच सम्म ल्याउन अभिभावक सक्रिय हुनुपर्नेमा जोड दिए ।
उनले उक्त विद्यालयमा अध्यानरत वालवालिकाहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरेका हुन् । विपन्न वर्गका मानिसहरुको बसोवास रहेको उक्त क्षेत्रका बालवालिकाहरु कपि कलम नहुँदा विद्यालय जान सक्ने अवस्था नरहेको भन्दै उनीहरुलाई प्रोत्साहन गर्न यस कार्य गरेको बताए । शैक्षिक सामाग्री र पोषाक पाएपछी विद्यार्थीहरु खुसी भएका छन् । विद्यालयका प्रअ सरस्वती पौडेलले बालवालिकाहरुप्रति गरेको यो कार्यको प्रशंसा गरेकी छिन । बेल्वासेले विद्यालयलाई अन्य समयमा पनि सहयोग गरेको भन्दै धन्यवाद समेत दिईन् । विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष विष्णु परियारले विद्यालयको अवस्था बारे जानकारी दिदैँ विद्यालयमा सहयोग गर्ने प्रति धन्यवाद प्रकट गरे । समाजसेवि बेल्वासेले विद्यार्थीहरुको संरक्षणको लागी विगत लामो समयदेखी विभिन्न कृयाकलाप गरिरहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
उज्यालो सामाजिक विकास संस्थाका अध्यक्ष समेत रहेका बेल्वासेले अन्य क्षेत्रमा खर्च गर्नु भन्दा शिक्षामा लगानी गरेको त्यसको राम्रो परिणाम आउने बताए । मानिसलाई जति सम्पती भएपनि नपुग्ने भन्दै सामाजिक काम गरेर आत्मसन्तुष्टि हुने जनाए । उनीले आफु निरन्तर समाजिक क्षेत्रमा क्रियशिल रहने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP