Trending
राजनीति एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि समाज परीक्षणमा नयाँ प्रावधान लागू गरेर भारतले रोक्यो नेपाली चिया निर्यात खेल अन्तर्राष्ट्रिय उसु प्रतियोगिता खेल्न नेपाली टोली भोलि चीन जाने खेल आईपीएलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्धा खेल कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई आर्थिक १९ दशमलव ५६ अङ्कले ओरालो लाग्यो नेप्से परिसूचक आर्थिक लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता राजनीति अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी समाज कम्तीमा १२ सम्म पढाइदिने वाचासहित भर्ना गरौँ : शिक्षामन्त्री श्रेष्ठ अपराध जनकपुरमा महिला र बालिकाको जलेको शव फेला

प्रचण्डलाई यादवको जवाफ, ‘प्रदेश २ भन्दा बढी काठमाडौंमा भ्रष्टाचार छ’


जनकपुरधाम
प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले संघीय सरकारको हस्तक्षेपका कारण यहाँ सुशासनको अवस्था खसकिएको आरोप लगाएका छन् ।
सोमबार जनकपुरको बरमझियामा शहिद रामवृक्ष यादवको २५ औँ स्मृति दिवसको अवसरमा आयोजना गरिएको कार्याक्रममा सहभागि हुन जनकपुर पुगेका नेकपा अध्यक्ष प्रचण्डले प्रदेश २ सरकार भ्रष्टाचारमा डुबेको बताएका थिए ।
आज मंगलबार धनुषामा विपद व्यवस्थापन समितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डलाई व्यंग्य गर्दै कानुन मन्त्री यादवले प्रदेश २ मा भन्दा बढी भ्रष्टाचार काठमाडौंमा भएको बताए ।

संघीय सरकारको हस्तक्षेपको कारण यहाँ सुशासनको अवस्था खसकिएको आरोप लगाउँदै कानुनमन्त्री यादवले संघीय सरकारको कारण यहाँको प्रहरी प्रशासनले प्रदेश सरकारलाई नटेरेको बताए ।


पुष्पकमल दहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै यादवले भने, ‘प्रचण्ड जीले भने जस्तो प्रदेश २ मा मात्र भ्रस्टाचार छैन । प्रदेश २ भन्दाबढि काठमाडौंमा भ्रष्टाचार छन् ।’
उनले सुन काण्डदेखी लिएर निर्मला हत्यारालाई पत्तालगाउन नसक्नेले हामीलाई आरोप लगाउनु गलत भएको बताए । भ्रष्टाचारलाई हटाउन सबैले आआफ्नो स्तरबाट प्रयास गर्नुपर्ने सुझाव कानुन मन्त्री यादवले दिए ।
यता प्रचण्डले आफुले प्रदेश २ मा मात्र भ्रष्टाचार नभनेको जवाफ दिए ।
उनले जनताको अवस्था र देशको विषयमा बोल्दै गर्दा मुलुक भित्र सबै जसो स्थानमा समस्याहरु देखापरेको र २ नम्बर प्रदेशमा पनि जनता खुशी छन वा छैन भनेर मात्र बुझ्न खोजेको स्पष्ट पारे । उनले दैवी प्रकोप उद्धार समितिको कार्यक्रममा यो बेला अप्राशंगिक हुन आफू नचाहेको भन्दै जनताको पक्षमा काम गर्न सबैलाई आग्रह गरे ।

त्यस्तै मन्त्री यादवले बाढीपहिरो, डुवान र आगलागि प्रदेश २ सबैभन्दा बढि प्रभावित हुने गरेको बताउदै यस वर्ष मात्र बाढीपहिरोबाट ३८ जनताले ज्यान गुमाउनु परेको स्पष्ट पारे ।
२ सय ८८ जना जोखिममा रहेकोलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको यादवले कार्यक्रममा जानकारी गराए । उनले राहतको लागि प्रत्येक जिल्लामा १०–१० लाख रुपैयाँ प्रदेश सरकारले तत्काल प्रदान गरेको बताए ।
यसैगरी अध्यक्ष प्रदेश २ का ८ वटै जिल्लाको बाढीबाट प्रभावित व्यक्ति र स्थानको बारेमा विस्तृत अध्ययन गरेर पूर्व तयार गर्न सुझाव दिए ।
तराई–मधेशमा बाढी आउने मुख्य कारकतत्व के हो रु अब खोज्नु पर्ने बेला आएको भन्दै उनले यस विषयमा सबैले सोच्नु पर्ने समय आएको बताए । समस्या समाधानको दीर्घकालीन उपायको लागि विमर्श, सम्वाद र छलफल गर्न सरोकारवालालाई आग्रह गर्दै प्रचण्डले भने, ‘संघीय सरकार र प्रदेश २ सरकारले सहकार्य र सम्वाद गरेर ठोस समधानको लागि बाटो प्रसस्त गर्नुको विकल्प नै छैन ।’
यसैगरी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले विपदको विषयमा आरोप प्रत्यारोप र गलत टिकाटिप्पणी नगर्न आग्रह गरे ।

विपद व्यवस्थापनको स्थायी समाधान गर्नुपर्ने जिकिर गर्दै प्राभवकारी रुपमा सरकारले नीतिगत रुपमा अघि बढन सुझाव दिँदै नेता नेपालले भने, ‘डुबानबाट जोगिन भारत सरकारसँग समेत सहकार्य गर्नुपर्ने हुन्छ ।’ उनले यस विषयमा सरकार गम्भीर रहेको समेत विश्वास व्यक्त गरे ।
अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदीप कनेलले असार अन्तिम साता आएको बाढीले जिल्लमा १३ जनाको मृत्यु भएको बताए । ३ हजार ४ सय ३६ घर पूर्णरुपमा क्षति भएको र ९ हजार ४ सय ४४ घरमा आंशिक क्षति भएको बताउदै करिब २३ करोड ४० लाख ३९ हजारको क्षति भएको उनले बताए ।
यता जनकनन्दनी गाउपालिका १ मल्हनियाका कमलदेव यादवले बाढीले बगाएको बाटो अझै मर्मत हुँदा आवतजावतमा समस्या भएको गुनासो गरेका छन् ।बाढीले पुल बगाएपछि १ वडाबाट अर्को वडामा जाने समस्या भएको उनले बताए । बाढीले गाउँको गरीब, असहाय र विपन्न सबैभन्दा बढि मार परेकै भन्दै तत्काल समस्या समाधान गर्नुपर्ने उनले बताए ।
सोमबार जनकपुर पुगेका नेकपा अध्यक्ष प्रचण्डले आज प्रदेश २ का नेताहरुसँग समेत भेटवार्ता गरेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP