Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

प्रहरीको हतियार लुटने तराई मुक्ति मोर्चाको कार्यकर्ता पक्राउ


रौतहट, भदौं ३ गते
रौतहट प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

पक्राउ परेका सहनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको बताइएको छ। २०६७ मंसिर १७ का दिन जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहत रहेको इलाका प्रहरी कार्यालय हर्कठवाबाट प्रनानि लवजंग चौहानको कमान्डमा खटिएको प्रहरी टोलीसँग भूमिगत तराई मुक्ति मोर्चाका पाँच जनाको समूहमा रहेको हतियारधारी समूहसँग तत्कालिन भवानीपुर गाविसको सुकमारी मन्दिर नजिक गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानमा मोर्चाको कार्यकर्ताहरुले प्रहरीबाट ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेका थिए।

सोही मुद्दामा हालसम्म फरार रहेका सहनीलाई रौतहट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजाना मुदामा आवश्यक कारवाहीपश्चात कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP