Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

प्रहरीको हतियार लुटने तराई मुक्ति मोर्चाको कार्यकर्ता पक्राउ


रौतहट, भदौं ३ गते
रौतहट प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

पक्राउ परेका सहनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको बताइएको छ। २०६७ मंसिर १७ का दिन जिल्ला प्रहरी कार्यालय सर्लाहीको मातहत रहेको इलाका प्रहरी कार्यालय हर्कठवाबाट प्रनानि लवजंग चौहानको कमान्डमा खटिएको प्रहरी टोलीसँग भूमिगत तराई मुक्ति मोर्चाका पाँच जनाको समूहमा रहेको हतियारधारी समूहसँग तत्कालिन भवानीपुर गाविसको सुकमारी मन्दिर नजिक गोली हानाहान भएको थियो। दोहोरो गोली हानाहानमा मोर्चाको कार्यकर्ताहरुले प्रहरीबाट ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुटेका थिए।

सोही मुद्दामा हालसम्म फरार रहेका सहनीलाई रौतहट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजाना मुदामा आवश्यक कारवाहीपश्चात कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP