Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

विजयनगरको शिव मा.वि.का सदस्यबाट सामुहिक राजिनामा ।।

दिपक के.सी.
कपिलवस्तु , माघ २६

कपिलवस्तुको विजयनगर गाउँपालिकामा रहेको शिव माध्यमिक विद्यालयको व्यवस्थापन समितिका ४ जना सदस्यले सामुहिक राजिना दिएका छन ।
विद्यालयमा भर्खरै नयाँ गठन भएको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुले आइतबार सामुहिक रुपमा राजिनामा पत्र बुझाएका छन । विद्यालयका व्यवस्थापन समितिमा पहिले पनि पदाधिकारी रहि विद्यालयको काम कारर्बाहि चुस्त दुरुस्त बनाउन नसकेका पदाधिकारी नै पुन चयन भएको भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य टेकनारायण वि.क., लेमाया दर्लामी, र शिक्षक अभिभावक संघका सदस्यहरु माधव अर्याल र मिरा अर्यालले संयुक्त रुपमा विद्यालयमा राजिनामा बुझाएका छन । उनीहरुले राजिनामा पत्रमा विगतमा विद्यालय समितिको पदाधिकारी रहि समयमा नै करार शिक्षक नियुक्त गर्न नसकेको, सन्तोषजनक काम नगरेको ,नियमित बैठक समेत नबसेको विद्यालय भवनमा घाटा देखाइ घाटा रकम विद्यालयमा गाभेको कम्प्युटर खरिद रकम हिना मिना गरेको भन्ने आरोप लगाउदै उनीहरुले राजिनामा दिएका छन ।
यहि माघ २४ गते शुक्रबार गठन भएको व्यवस्थापन समितिका सदस्यहरुले संयुक्त रुपमा विद्यालय राजिनामा बुझाएको विद्यालयका प्रअ बालाजी प्रसाद यादवले बताए । अध्यक्षलाई बुझाउनु पर्ने राजिनामा पत्र विद्यालयमा बुझाएको भए पनि आफुले अध्यक्षलाई जानकारी गराएको प्र.अ. यादवले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार उपाध्यायले भने राजिनामा दिनेहरुले नै व्यवस्थापन समितिको निर्वाचनमा आफुलाई अध्यक्ष बनाएको र बधाइ दिदै संगै विद्यालयको उन्नती र विकासका लागी काम गर्ने जनाउदै बधाइ समेत दिएको तर आज एक्कासी चरीत्र हत्या गर्ने किसिमले आरोप लगाई राजिनामा दिनु गलत भएको बताए । आफुले विगतमा पदमा रहदाँ पनि विद्यालयको सम्पूर्ण प्रशासन चुस्त दुरुस्त राखेको जनाउदै झुट्टा आरोप लगाएर राजिनामा दिएको उनले जनाए । राजिनामा पत्र आफु समक्ष नपुगेकाले अगाडी के गर्ने भन्ने कुनै निर्णय नभएको समेत अध्यक्ष उपाध्यायले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP