Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

चुरा बनाउने कार्यलाई व्यवसायिक रुपमा अँगाल्न सके गाउँपालिकाबाट सहयोग गर्ने ः उपाध्यक्ष चौधरी

माघ २६ गते –विजयनगर

विजयनगर गाउँपालिकामा सञ्चालित ८ दिने चुरा बनाउने तालिम आइतवार सम्पन्न भएको छ । दियालो नेपालको आयोजना र गाउँपालिकाको सहयोगमा वडा नं. ६ बद्धौरमा सम्पन्न भएको हो ।

सो तालिममा २२ जना महिलाको सहभागिता रहेको थिायो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले व्यवसायिक रुपमा चुरा बनाउने कार्यलाई सञ्चालन गर्न सक्नेलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै वडा नंं.७ का वडाध्यक्ष दिनेश कुमार चौधरीले विजयनगर खुल्ला सिमाना भएकोले यहाँबाट उत्पादन भएको र भारतबाट नेपालमा आयात गर्न सहज भएकोले लागत अनुसार मुल्य पाउन नसक्ने चुनौती रहेको बताउनु भएको थियो ।

चुनौती भए पनि सिकेको सीपलाई सदुपयोग गर्देै जाने हो भने व्यवसायिक रुपमै फस्टाउन सक्ने कुरामा अध्यक्ष चौधरीले जोड दिनु भयो । कार्यक्रममा आफ्नो कुरा राख्दै महिला मानव अधिकार कर्मी मिना परियारले चुरा बनाउन सहभागी महिलाहरुलाई व्यवसायिक रुपमा निरन्तरता दिन अनुरोध गर्नु भयो ।

उहाँले आर्थिक उपार्जनमा सबल हुनुको साथै महिलाहरुले स्वरोजगारमुखी हुँदै जाने बताउनु भयो । कार्यक्रम दियालो नेपाल संस्थाका अध्यक्ष तारा थापाको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको प्रमुख अतिथ्यता र कृष्ण कुमारी रानाको प्रशिक्षणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP