Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

चुरा बनाउने कार्यलाई व्यवसायिक रुपमा अँगाल्न सके गाउँपालिकाबाट सहयोग गर्ने ः उपाध्यक्ष चौधरी

माघ २६ गते –विजयनगर

विजयनगर गाउँपालिकामा सञ्चालित ८ दिने चुरा बनाउने तालिम आइतवार सम्पन्न भएको छ । दियालो नेपालको आयोजना र गाउँपालिकाको सहयोगमा वडा नं. ६ बद्धौरमा सम्पन्न भएको हो ।

सो तालिममा २२ जना महिलाको सहभागिता रहेको थिायो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले व्यवसायिक रुपमा चुरा बनाउने कार्यलाई सञ्चालन गर्न सक्नेलाई गाउँपालिकाबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै वडा नंं.७ का वडाध्यक्ष दिनेश कुमार चौधरीले विजयनगर खुल्ला सिमाना भएकोले यहाँबाट उत्पादन भएको र भारतबाट नेपालमा आयात गर्न सहज भएकोले लागत अनुसार मुल्य पाउन नसक्ने चुनौती रहेको बताउनु भएको थियो ।

चुनौती भए पनि सिकेको सीपलाई सदुपयोग गर्देै जाने हो भने व्यवसायिक रुपमै फस्टाउन सक्ने कुरामा अध्यक्ष चौधरीले जोड दिनु भयो । कार्यक्रममा आफ्नो कुरा राख्दै महिला मानव अधिकार कर्मी मिना परियारले चुरा बनाउन सहभागी महिलाहरुलाई व्यवसायिक रुपमा निरन्तरता दिन अनुरोध गर्नु भयो ।

उहाँले आर्थिक उपार्जनमा सबल हुनुको साथै महिलाहरुले स्वरोजगारमुखी हुँदै जाने बताउनु भयो । कार्यक्रम दियालो नेपाल संस्थाका अध्यक्ष तारा थापाको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको प्रमुख अतिथ्यता र कृष्ण कुमारी रानाको प्रशिक्षणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP