काठमाण्डौ – मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक आईजीपी मा नियुक्त गरेको छ । प्रदेश नम्बर १ को प्रहरी प्रमुखका रुपमा कार्यरत रहँदै आउनु भएका ज्ञवालीलाई सरकारले मंगलबार प्रहरी महानिरीक्षक नियुक्त गरेको हो ।
३० वर्षे सेवा अवधिको प्रावधान कायमै रहे ज्ञवालीले ५ महिनाका प्रहरी महानिरीक्षकको पद सम्हाल्नुहुनेछ । उहाँसँगै सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दावेदार हुनुहुन्थ्याे ।
पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज मंगलबारदेखि उमेर हदका कारण अवकाश पाएपछिसँगै ज्ञवाली नयाँ महानिरीक्षकमा नियुक्त हुनुभएको हाे।
पूर्व आईजीपी सर्वेन्द्र खनालसहित तीन एआईजी र उहाँका ब्याचका डीआईजीहरुले सेवाहदका कारण अवकाश पाएका छन् ।
अवकाश पाउनेमा डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेश अमात्य, नारायणसिंह खड्का रहनु भएको छ ।
यस्तै, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया