Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

चाेरिएकाे माेटरसाइकल सूचना पाएकाे आधा घण्टामै भेटियाे !

काठमाण्डाै – सूचना पाएको आधा घण्टामै चोरिएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डाैकाे दरबारमार्गबाट राति हराएको मोटरसाइकल बिहान ३ः०० बजेको समयमा कलङ्कीमा फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पक्राउ पर्नेमा गोरखाका मिलन न्यौपाने रहेका छन् ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले सूचना प्राप्त भएको आधा घण्टाको समयमा नै हराएको मोटरसाइकल फेला परेको जानकारी दिनुभयो ।

‘हामीलाई बा ४८ प ६१८६ नम्बरको स्कुटर हराएको भनेर दरबारमार्गमा रहेकाे ट्राफिक प्रहरीमा सूचना आयो, सबै मातहतका युनिटलाई तत्कालै खबर गर्‍यौँ, कलङ्कीमा बसेका ट्राफिक प्रहरीले मोटरसाइकलसहित मानिसलाई पक्राउ गर्न सफल भए’, श्रेष्ठले भन्नुभयो ।

एसपी श्रेष्ठले कुनै पनि घटना समयमै जानकारी गरायो भने त्यसको कारण खोज्न र हराएका वस्तु फेला पार्न सजिलो हुन्छ भन्ने यो एउटा उदाहरण भएको समेत बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP