Trending
flash कृष्णनगर ७ मा १० दिने माला पाेते चुरा बनाउने सीप विकास तालिम सुरु समाज मुक्कुम्लुङमा राज्यले जबरजस्ती दमन गर्‍याे : सांसद चौधरी राजनीति अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन: प्रचण्ड राजनीति प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक राजनीति शेरा दरबार प्रकरणको अनुसन्धान मबाटै शुरु गरौँः अध्यक्ष दाहाल समाज प्रसूति व्यथा लागेको १८ घन्टापछि उद्धार गरी काठमाडौँ ल्याइयो राजनीति इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग समाज कामपाले किन उठाएन सडक पेटीको ‘ब्लक’? राजनीति सरकारले आजको बैठकमा अध्यादेश प्रस्तुत नगर्ने अपराध लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

तीन नेपाली बालकको भारतवाट उद्धार

माधव बेल्वासे
चन्द्रौटा,२ फागुन

भारतको गोरखपुरमा दुई वर्ष देखि अलपत्र रहेको तीन नेपाली बालकहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतीय दुतावास र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो । दाङ्गको घोराहि उप–महानगरपालिकाका १० वर्षिय रामु पुन, प्यूठान ऐरावति गाउँपालिकाका १२ वर्षका दिलिप जिसि र १४ वर्षका केशव जिसि लाई भारतबाट उद्धार गरिएको हो ।

दुई वर्ष अघि वेपत्ता भएका बालकहरु कृष्णनगर नाका हुँदै भारत प्रवेश गरेको सुचनाको आधारमा गोरखपुरमा फेला परिएको थियो । दिलिप र केशव साथिहरुको लाहलैमा लागेर भारतको एक होटलमा काम गरेको अवस्थामा फेला पारिएको केन्द्रका क्षेत्रीय संयोजक भूमीराज भट्टराईले बताउनुभयो । तिनै जनालाई कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले परिवारको जिम्मा लगाउनुभएको छ । पछिल्लो समयमा साथिहरुको लहलहै, तीव्र महत्वकाक्षा, र प्रलोभनमा परि बालबालिकाहरु भारत जानेको सख्या बढेकोले बालबालिकालाई विशेष ध्यान दिन प्रजिअ पौडेलले आग्रह गर्नुभयो ।

बालबालिकाहरु हराउने क्रम बढ्दो रहेकोले विदेशमा भएका बालबालिकाहरु नेपाल ल्याउने प्रक्रिया झन्ंझटिलो भएको हुँदा पनि बालबालिकको उद्धारमा समस्या रहेको केन्द्रका क्षेत्रीय संयोजक भट्टराइले बताउनुभयो । उहाँले बाल संरक्षण सम्वन्धी कानुनी र नीतिगत व्यावस्था भएपनि नेपालमा अझै बाल संरक्षणको समस्या रहेको जनाउनुभयो । संस्थाले एक वर्षको अवधिमा १३ जना बालबालिकाहरुलाई भारथवाट उद्धार गरी परिवारको जिम्मा लगाएको संस्थाका जिल्ला संयोजक निशा पन्थिले बताउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP