-राधेश्याम विश्वकर्मा
भैरहवा ।
रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सामूहिक बलात्कारको घटना बाहिर आएको छ ।
सम्मरीमाई गाउँपालिका–३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानिय तीन जना युवाहरुले जवरजस्ती करणी गरेको आरोप लागेको छ । आरोपित तीन जनालाई नै मर्चवार प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
गाउँमा लागेको महायज्ञको मौका छोपी तीनजना युवाले निर्माणाधीन घर भित्र सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै परिवार स्रोतले जनाएको छ ।
बुवा विरामी भएर उपचारको लागि बुवा–आमा भारत गएको तथा घरमा वृद्ध बाजे, एक जना बहिनी र भाइसँग बस्दै आएकी किशोरीलाई आरोपित युवकहरुले झुक्काएर घर बाहिर बोलाई बलात्कार गरेको उनका आफन्तले बताए ।
घटनामा आरोपित तीन जना युवा तथा किशोरीको मेडिकल परिक्षणको लागी भैरहवा स्थित भीम अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरिक्षक चित्र बहादुर घलेले बताए । आरोपितलाई नियन्त्रणमा राखी थप अनुसन्धान भई रहेको उनले बताए ।


प्रतिक्रिया