जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का

काठमाण्डौ – जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का गरिएको छ ।

वैज्ञानिकले कोरोना भाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् तर चमेरोबाट कोरोना भाइरसको उत्पत्ति भएको हुन सक्ने प्रमाण भेटिएको बताएका छन् ।

यी चमेराले अरु पशुपंक्षीलाई सङ्क्रमित गरेको र त्यसबाट मानिसमा सङ्क्रमण भएको हुन सक्ने वैज्ञनिकले बताएका छन् । कोरोना भाइरसको उत्पत्ति भएको चीनको वुहान शहरकाे बजारबाट सङ्कलित ३३ वटा मासुको नमुना परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन् ।

यीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसका कारण चीन र चीनबाहिर गरी अहिलेसम्म एक हजार सात सय ७६ जनाको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP