Trending
राजनीति गठबन्धन मन्त्रालय बाँडफाँडै गर्न नसक्ने भइसक्यो : विष्णु पौडेल राजनीति सरकारलाई सुझाव दिनु ‘भैंसीको अगाडि बाँसुरी बजाए’ जस्तै : केपी ओली समाज बालविवाह अन्त्यका लागि योजना बनाउँदै कर्णाली राजनीति प्रचण्डलाई प्रधानमन्त्रीबाट हट्नुपर्ने हो कि भन्ने डर छ : गगन थापा राजनीति मुख्‍यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत, पक्षमा ६७ र विपक्षमा १७ मत राजनीति आरक्षण दिँदासम्म दलितमाथिको उत्पीडन समाप्त हुँदैन : वामदेव गौतम राजनीति कोशी प्रदेशको सरकार कुनै हालतमा टिकाउँछौँ : ओली राजनीति गण्डकीबाट बाहिरियो माओवादी, अल्पमतमा मुख्‍यमन्त्री अधिकारी समाज तथ्यांक भन्छ- २१ लाख ९० हजार नेपाली विदेशमा समाज धनगढीका पत्रकार धामीलाई धम्की दिने अवस्थी पक्राउ

ट्रकले ठक्कर दिँदा नवलपरासीमा पुल भासियो, राजमार्ग अवरुद्ध २९ साउन, नवलपरासी ।

२९ साउन, नवलपरासी पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ । पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो ।ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् । प्रहरी निरीक्षक अधिकारीले पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । त्यसका लागि सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP