हिन्दू राष्ट्रको बिरोध गर्ने नेतालाई चुनौती,जनमत संग्रह गराउ-पटेल

सप्तरी ६ फाल्गुन

हिन्दू राष्ट्रको बिरोध गर्ने वा बिरोधमा बोलने नेताहरुलाई हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिम्मत छ भने जनमत संग्रह गराउ।नेपाली जनताले दूधको दूध र पानीको पानी आफै छुट्यायी दिनेछन।

सप्तरी जिल्लाको हनुमान नगरमा भएको जनजागरण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पटेलले भने हिन्दू राष्ट्र नेपालीहरुको आत्मा हो,सम्पूर्ण नेपालीहरुलाई एक सूत्रमा बाधने सेतु हो,नेपाल र नेपालीहरुको पहिचान हो।पटेलले भने जून नेताहरुले पैसाको लागी आफ्नो धर्म बेचन सकछन उनीहरु लाई राष्ट्रको माया हुदैन।क्रिस्चनतंत्र नेपालमा हावी हुदै गई रहेको छ जून मुलुकको हितमा राम्रो होइन,धर्म परिवर्तन नरोकिए मुलुक बिखण्डन हुने खतरा रहेको छ।

देशको राष्ट्रीयता,एकता,अखंडता बलियो बनाउन हिन्दू राष्ट्र हुनु पर्छ।हिन्दू परिषद नेपाल हिन्दू राष्ट्रको लागी संघर्ष गर्दै आइरहेको संस्था हो।जनजागरण सभामा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्यहरु उपेन्द्र झा,मनोज मण्डल, सुरेश साह कानू, सप्तरी जिल्ला अध्यक्ष सुनीता साह,मोरंग जिल्ला अध्यक्ष कैलाश मण्डल, रौतहट राजदेवी नगरपालिका अध्यक्ष शशिप्रकाश उपाध्याय,उपाध्यक्ष रवि बर्मा,बीरगंज नगर सचिव रंजीत चौरसिया,हिन्दू परिषद नेपाल उपत्यका कमिटी उपाध्यक्ष इन्द्रेव मण्डल लगायतकाले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP