काठमाडौँ । यतिबेला बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र लगानीयोग्य पुँजीका कारण ब्याजदरका कमी आइरहेको छ ।
अहिले पनि ती ग्राहकको ब्याजदर १३ दशमलब ७१ प्रतिशत रहेको छ । हाल बैंकमा पर्याप्त तरलता भएको र अन्य बैंकको ब्याज घटेकाले घटाइदिन निवेदन दिँदा बैंकले १ प्रतिशतसम्म ब्याजदर घटाइदिने, तर त्यसको लागि शून्य दशमलब ५० देखि शून्य दशमलब ७५ प्रतिशतसम्म सर्भिस चार्ज तिर्नुपर्ने बताएको ती ग्राहकले रातोपाटीलाई बताए ।
तर ‘फ्लेक्जी लोन’ मा मासिक किस्ता तिर्नेगरी ऋण लिएको हुँदा त्यस्तो ऋणमा पटकपटक सेवा शुल्क लिन नमिल्ने बताउँदा बैंकको पोलिसी नै त्यस्तो भएकाले ब्याज घटाउने भए सर्भिस चार्ज (टीएनसी चार्ज) तिर्नैपर्ने भन्दै ब्याजदर नघटाएको ती ग्राहकले बताए ।
ब्याज बढ्दा आफूखुशी बढाउने, घट्दा नघटाउने !
सामान्यतः बैंकहरुले बैंकमा पर्याप्त तरलता भएन भने ब्याजदर बढाउने गर्छन् । उनीहरुले ग्राहकलाई कुनै जानकारी नै नदिइ बैंकको ब्याजदर बढाइरहेका हुन्छन् । तर जब बैंकमा तरलताको मात्रा बढ्छ र प्रतिस्पर्धी बैंकहरुले ब्याजदर घटाउँछन्, नयाँ ऋण लिनेलाई केही सस्तोमा ऋण दिएपनि पुरानो ऋणीको ब्याजदर भने घटाएका छैनन् ।
बैंकको ब्याजदर बढ्दा आफूखुशी बढाउने तर घट्दा किन नघटाएको भन्ने रातोपाटीको प्रश्नमा एभरेष्ट बैंक ठमेल शाखाका एक कर्मचारीले भने, ‘त्यो केन्द्रीय कार्यालयले गर्ने निर्णय हो हामीलाई केही थाहा हुँदैन ।’
बोल्नेको ब्याजदर घटाउने नबोल्नेको चुपचाप नाफा खाने !
एभरेष्ट बैंकले केही ऋणीको भने ब्याजदर घटाएको तथ्य खुलेको छ । बैंकको विभिन्न शाखामा ऋणीले निवेदन दिएपछि शाखा कार्यालयले केन्द्रीय कार्यालयमा पत्र पठाइ केही ऋणीको ब्याजदर घटाइएको पाइएको छ ।
पहिले करिब १४ प्रतिशतसम्म ब्याज तिरेका ग्राहकले निवेदन पछि अहिले करिब १२ प्रतिशत ब्याज तिररहेको पाइएको छ । तर ऋणको ब्याजदर कति प्रतिशत छ भनेर नसोध्ने ग्राहकको न ब्याजदर घटाइएको छ, न त उनीहरुलाई तिरिरहेको ब्याजदरबारे जानकारी नै दिइएको छ ।
यतिसम्म कि ऋणको ब्याजदरबारे न स्टेटमेन्टमा जानकारी दिइन्छ, न त इन्टरनेट बैंकिङ वा अन्य सेवामा ऋणको ब्याजदर उल्लेख गरिरहेको हुन्छ । एभरेष्ट बैंकले ऋणीले तिरिरहेको ऋणको प्रतिशत कति छ भनेर हेर्न मिल्ने सबै स्थानमा हाइड अर्थात् लुकाएको पाइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया