चीनमा कोरोना भाइरससम्बन्धी निष्कर्ष सार्वजनिक : वृद्धवृद्धा र बिरामी बढी जाेखिममा

चीनमा कोरोना भाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ ।

चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ७० हजारभन्दा धेरै सङ्क्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका र बिरामी तथा बुढाबुढीमा धेरै जोखिम रहेको देखाएको छ ।

अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ । चीनको वुहानमा मंगलबार उपचारका क्रममा एक जना अस्पताल निर्देशकको ज्यान गएको छ ।  वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको ५० वर्षको उमेरमा निधन भएको हो । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।

यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । चीनमा कोरना भाइरसका कारण अहिलेसम्म १८ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP