भुवनेश्वरी माध्यमिक वि.व्य.स. अध्यक्षमा यादव चयन

राम प्रघट कोरी, फागुन, ६ गते

विजयनगर विजयनगर गाउँपालिकाको वडा नं. ३ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा दयाशंकर यादव चयन हुनु भएको छ ।

आज बसेको विद्यालय व्यवस्थापन समितिले यादवलाई विद्यालयको अध्यक्ष पदमा चयन गरेका हुन् । गएको माग १९ गते भएको अभिभावकले भेलाले चार जनालाई सदस्यमा चयन गरिएको थियो ।

जसमा महिला तर्फ लोकमति चौधरी, अरुणादेवी विश्वकर्मा, र पुरुषतार्फ डा. प्रसाद चौधरी, दया शंकर यादवलाई सर्वसम्मतिले चयन गरिएको थियो । समिति विस्तार गर्दा मनोनित महिला सदस्यमा शिक्षा प्रेमी राजमति पासी र चन्दा दाता गल्लु खाँलाई सदस्यमा चयन गरेका थिए ।

शिक्षक प्रतिनिधिमा भरत किशोर मिश्रलाई ल्याउनु भएको छ । उक्त समितिमा ९ जना सदस्य रहनु पर्ने व्यवस्था भएकोले विद्यालय व्यवस्थापन समिति पूर्णता पाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP