Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मैनारमा ३ करोडको सिचाई योजना शिल्यान्यास

माधव बेल्वासे,कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका ३ मैनारमा लिफ्ट सिचाई योजनाको शिल्यान्यास गरिएको छ । बुधवार प्रदेश न ५ का भौतीक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले शिल्यान्यास गर्नुभएको हो । कपिलवस्तुकै दुर्गम क्षेत्रमा रहेको उक्त गाउँमा सिचाईको अभावले खेतियोग्य जमिन बाजो राख्नुपर्ने वाध्यता हटेको मन्त्री चौधरीले बताउनुभयो । प्रदेशले सिचाईका योजनाहरु सवै जिल्लामा संचालन गरेको भन्दै तोकिएको समय भन्दा छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले सिचाई र कृषि सगै विकास हुन आवश्यक रहेको बताउनुभयो । “मैनारमा सिचाईको योजना आयो, अब कृषिमा किसानहरुले मेहनत गर्न पर्छ ,उहाँले भन्नुभयो “अहिले सरकारले कृषिमा ब्याज अनुदान दिने योजना बनाएको छ,अब ऋण लिएर कृषि गर्नुस सरकारले ब्याज अनुदान दिन्छ”
प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री चौधरीले मैनार गाउँमा कृषि पकेट क्षेत्रको रुपमा विकास गर्न सकिने भएकोले कृषि मन्त्रीको छिटै अनुगमन गराउने प्रतिवद्धता जनाउनुभयो । बाख्रा पालनको लागि उचित ठाउँ रहेको बताउदै कृषि पेशाले यस गाउँका जनताको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नभयो । मैनार गाउँ पिछडिएको गाउँ रहेकोले यहाँको विकासमा शिवराज नगरपालिकाको ध्यानर्कषण गराउनुभयो । सडक नहुदाँ सुत्केरी महिलाहरुलाई समस्या रहेकोले अबको २ वर्ष भित्र प्रदेशका कुनै पनि गाउँमा उपचार नपाएर मृत्यु भयो भन्ने गुनासो सुन्नु नपर्ने जनाउनुभयो । प्रदेश सककारले यस वर्ष सुगम क्षेत्र भन्दा दुर्गम क्षेत्रमा लगानी गरेको बताउनुभयो । निम्न वर्गका नागरिकहरुलाई सहज होस भनेर प्रदेशले विभिन्न योजनाहरु बनाएको बताउनुभयो ।
शिल्यान्यास कार्यक्रममा संविद्यान सभा सदस्य नेत्र प्रसाद पन्थीले अब कृषि वाट क्रान्ती गर्नुपर्ने बताउनुभयो । चौधरी समुदायको बाहुल्यता रहेको मैनार गाउँलाई रमणिय गाउँको रुपमा विकास गर्न सकिने थुप्रै आधारहरु रहेको बताउनुभयो । शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारीले अब गाउँमा सिचाईको सुविधा हुने भएकोले जिविको पार्जमा सहज हुने बताउनुभयो । काम नपाएर वाहिर भौतारिएका गाउँका युवाहरुलाई सिचाई योजनाले रोजगारी सिर्जना गर्ने बताउनुभयो । गाउँमा रहेको खेतीयोग्य जमिनलाई अब उत्पादन सगँ जोडर काम गर्न गाउँलेहरुलाई आग्रह गर्नुभयो ।
प्रदेश नम्वर ५ का भौतिक पुर्वधार विकास मन्त्रालयका सचिव नुर महोमद खाँले पानी नहुदाँ किसानहरुले सिचाई गर्न नपाएकोले अव यस योजना बाट प्रस्तत पानी हुने बताउनुभयो । योजना सफल बनाउन गाउँवासीहरुले सहयाग गर्न आग्रह गर्नुभयो । शिवराज नगरपालिका वडा न ३ का अध्यक्ष टेकलाल सापकोटाले चुनावी प्रतिवद्धता अनुसार काम गरिरहेको बताउनुभयो । मैनार गाउँमा आवश्यक पर्ने सम्पुर्ण स्रोत साधन सरकारले उपलव्ध गराउने बताउदै आवतजावतको लागी सडक विकासमा नगर र प्रदेश सरकार सगँ माग गरेरहेको बताउनुभयो ।
मैनार सिचाई लिफ्ट सिचाई योजना डेढ वर्ष सम्ममा सम्पन्न गर्नुपर्ने छ । योजना निर्माणको लागी लागत अनुमान ३ करोड १६ लाख ५ हजार ६ सय ९९ रहेको छ भने ऐशियाटिक हिमाल जेवि कम्पनीले २ करोड २३ लाख २१ हजार ७ सय ७६ रुपैयाँमा सम्झौता गरेको छ । ४५ घरधुरी रहेको मैनार गाउँमा उक्त सिचाई योजनाले ६६ हेक्टर जग्गा सिचाई गर्न सकिने सिचाई विकास डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख नेत्र प्रसाद बोहोराले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP