पाँच लिटरको प्रेसरकुकर बम डिस्पोज गर्दा बाजुरामा आठ लाखको क्षति

बाजुरा – बाजुराको सदरमुकाम मार्तडीमा बम डिस्पाेजकाे क्रममा आठ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ ।

सदरमुकाममा रहेकाे जिल्ला प्रहरी कार्यालयसँग जोडिएको पिसविन बाजुरा नामक गैरसरकारी संस्था  र स्थानीय धर्म रोकायाको घर नजिकै प्रेसर कुकर बम डिस्पोज गर्दा ८ लाखको बराबरकाे क्षति भएको हाे । बम डिस्पोज गर्ने क्रममा पिसविन बाजुरा र स्थानीय धर्म रोकायाको घरमा क्षति पुगेको हो ।

कालो झोलामा बेरेर राखिएको पाँच लिटरको प्रेसरकुकर बमलाई नेपाली सेनाले डिस्पाेज गरेकाे थियाे ।

मानवीय क्षति नभए पनि भौतिक संरचना र पिसविनका अफिसियल सामानमा क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पिसविनको ३ लाख रुपैयाँ र  रोकायाको घरमा ५ लाखको क्षति पुगेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताउनुभयाे ।

घटनाबारे थप अनुसन्धान भैरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP