मालारानी गाँउपालिकामा विकासको गतिले फड्को मार्दै

सुर्य भुसाल, सन्धिखर्क । प्रतिनिधि सभाका सदस्यीय तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मालारानी गाउपालिकामा बिकासले फडको मार्न लागेको बताउनु भएको छ ।

मालारानी गाउँपालिका वडा न ३ खनार खजुरखोला लिफ्ट खानेपानी आयोजनाको एक भब्य समारोहबीच शिलान्यास गर्दै रायमाझीले मालारानिका जन्ताको घर घर मा अब तिनै तहका सरकार मिलेर खानेपानि को धारा पुराउने बताउदै खानेपानि समस्या कसैलाई नहुने एक घर एक धारो अनिवार्य रुपमा ब्यबस्थापन गरिने बताउनु भयो ।

कार्यक्रममा प्रदेस सासद चेतनारायण आचर्यले प्रदेस सरकारले अहिले अर्घाखाँची का हरेक य‍जनामा बजेट केन्दित गरेको बताउदै जिल्ला को बिकासमा आफुहरुले निकै ठुलो भुमिका निर्भाहा गरेको बताउनु भयो ।

उहाले आफुले चुनाबमा गरेको प्रतिबद्धता पुर्ण रुपमा पालना गरेको बताउदै शिक्षा स्वास्थ्य खानेपानि जस्ता अति सम्बेदनसिल कुराहरुमा बजेट बढि बिनियोजन गरि काम अगाडि बढाएकोले बिकास मा सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा प्रदेस सासद निर्मला क्षेत्री ले आफुहरुका पहलमा अर्घाखाँचीमा ठुला ठुला बिकास निर्माणका योजनाहरु अगाडि बढाएको बताउनु भयो । उहाले बिकास ब्यक्तिले भन्दापनि जन्ताको कर बाट उठेको पैसाले गरिने कारण गुणस्तरीयता ख्याल गर्न स्थानिय बासिन्दालाई आग्रह गर्नु भयो ।

कार्यक्रममा वार्ड अध्यक्ष सोभाखर खनालले मालमरानि वार्ड नम्बर ३ लाई नमुना वार्डको रुपमा बिकास गर्ने बताउनु भयो । खनालले योजना हरु तोकिएको समयमा सम्पन्न गर्नका लागि गाउपालिकाले तदारुकता देखाउनु पर्ने बताउनु भयो । अर्घाखाँची बुलेटिनबाट प्रकाशित छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP