दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमाडौं– भारतको राजधानी दिल्लीमा जारी हिंसामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै बताए अनुसार हिंसाका कारण मर्नेको संख्या ३२ पुगेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

विगत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौं मानिसहरु घाइते भएका छन् ।

दिल्लीको गुरु तेग बहादुर अस्पतालमा ३० जनाको मृत्यु भएको छ भने लोक नायक जय प्रकाश नारायण अस्पतालमा दुई जनाको र्मतयु भएको छ ।

बुधवार राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसाग्रस्त क्षेत्रको भ्रमण गरेका थिए ।

आइतवारबाट शुरु भएको हिंसा अहिले भने केही नियन्त्रणमा आएको देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP