Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

महाराजगंज नगरपालिका खुल्ला दिसामुक्त क्षेत्र घोषणा

सनिउल्ला धोबी कपिलबस्तु । भाद्र ५ ।
महाराजगंज नगरपालिकालाई एक समारोह विच खुल्ला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकामा रहेका ७ हजार ९३९ घरधुरी अन्र्तगत नगरपालिका भित्र शतप्रतिशत शौचालय निर्माण भई नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको नगरपालिकाका प्रमुख अब्दुल कलाम खाँले बताउनुभयो ।

 सो अवसरमा साबुनपानीले हात धोएर कार्यक्रमको उद्घाटन गर्दै कपिलवस्तु क्षेत्र नम्बर ३ का सांसद अभिषेक प्रताप शाहले सरुफाई प्रति सेचन रहन आग्रह गरे । उनले खुला शौच गर्दा महिलाहरु सहीत परिवारको ईज्जत जाने र बिभिन्न खाले सरुवा रोगहरु लाग्ने भएकाले बनेका चर्पी मै दिशा पिसाब गर्न अपील गरे । उनले घर गाउ समाज स्वच्छ हराभरा राख्न सरसफाईलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

सो अवसरमा पुर्व मन्त्री तथा नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले नगरलाई नै स्वच्छ हराभरा बनाउन बनेका शौालयकोृ सही सदुपयोग गर्नु पर्नेै बताए । उनले जिल्लालाई खुला दिशामुक्त बनाउने अभियानमा अब ढिलाइए गर्न नहुने बताए ।

प्रदेश सदस्य अर्जुन केसीले २१ औ शाताब्दीमा समेत खुला ठाउमा शौच गर्नुृ लज्जाको बिषयमा भएको बताए । उनले खुला ठाउमा शौच गर्ने बानीलाई हटाएर बनेका शौचालयमा दिशाा् पिसाब गर्नु पर्ने बताए ।

सो अवसरमा मेयर खाँले सबैको साथले ढिलै भए पनि सार्थकता पाएको बताए । उनले सरसफाईमा साथ दिन नगरबासीलाई अपील गरे । कार्यक्रममा नगरपालिकालाई खुला दिशामुक्त बनाउन सहयोग गरेकामा ३ दर्जन बढी ब्यक्ति र संसथार्ला प्रशंसा पत्र प्रदान गरिएको थियो । मेयर खाको अध्यक्षताअ, सनीउल्लाह धोबीको संचालनमा भएको कार्यक्रममा प्रजिअ गजेन्द्र बहनादुर श्रेष्ठ जिल्ल्ला समन्वय समितिकी उप प्रमुम तारावती चौधरी, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रवीण श्रीवास्तव लगायतले मन्तब्य दिएका थिए ।

कार्यक्रममा आगामी निती तथा कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । अनिवार्य रुपमा शौचालयको प्रयोग गराउनको लागी वडा एवं नगरपालिकाबाट निरन्तर अनुगमनको ब्यबस्था मिलाउने साथै वडालाई पुर्ण सरसफाईयुक्त वडा घोषणा गर्ने निती तय गरिएको सामाजिक बिकास अधिकृत निरन्जन पौडेलले बताउनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP