Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कृष्णनगरमा हैजा फैलिएको आशङ्का, रातभरिमा ५० बढी बिरामी थपिए

कपिलवस्तु असोज २० कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशङ्का गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले बिरामीको लक्षण र सङ्क्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशङ्का गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही बिरामीको दिसाको नमुना सङ्कलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताएका छन् ।प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि बिरामी आउने क्रम जारी रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताए । मङ्गलवार साँझ ६ बजे सम्म १ सय २० जना शिवराज अस्पताल बहादुरगन्जमा भर्ना भएका थिए । भर्ना भएका मध्ये २० जना लाई थप उपचारका लागि बुटवल र तौलिहवा रेफर गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार १३ जना बिरामीलाई कपिलवस्तु अस्पताल तौलिहवा र ८ जनालाई बुटवल तर्फ थप उपचारका लागि पठाइएको बताइएको छ । यता मङ्गलवार राती देखी बुधवार बिहान सम्म करिब ५० जना बिरामी थप भएको बताइएको छ । जम्मा प्रभावितको सङ्ख्या यकिन हुन सकेको छैन । चिकित्सक अभाव भएपछि उपचारका लागि प्रदेशबाट २ जना चिकित्सक पठाइएको छ । नगरपालिकाको वडा नं. ७,८र ९का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेसपुर, डावरा लगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा बिरामीलाई निजी क्लिनिक र शिवराज अस्पतालका गल्ली, बरन्डा र विद्यालयमा राखी उपचार गरिएको छ । रोग फैलिदा २ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP