प्रधानमन्त्री ओली र सामान्य प्रशासन मन्त्री त्रिपाठी बिच भेट, निजामती ऐनबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी बिच छुट्टै भेटवार्ता भएको छ ।

शुक्रवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले करिब ४५ मिनेट प्रधानमन्त्री ओलीसँग कुराकानी गरेका हुन् ।

भेटमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको व्यवस्था गर्न बनेको विधेयक टुङ्गोमा लगाउने विषयका साथै समग्र राजनीतिक परिस्थितिका बारेमासमेत छलफल भएको छ ।

देशको राजनीतिलगायत सबै विषयमा धेरै कुरा भएको मन्त्री त्रिपाठीले बताए । ‘ठ्याक्कै यही र यस्तै भन्ने त होइन तर धेरै विषयमा लामो छलफल भयो’ उनले भने ‘निजामती ऐनबारे पनि सामान्य कुरा भएको छ ।’

सङ्घीय निजामती सेवा ऐनमा भएका कुन प्रावधानबारे के-के छलफल भयो भन्नेबारे खुलाउन नचाहेका मन्त्री त्रिपाठीले समितिका सदस्यहरूमा देखिएको मतभेदतर्फ इङ्गित गर्दै दुइटै अध्यक्षहरू बसेर छलफल पछि निष्कर्षमा पुग्दा अझ सहज हुने बताए ।

‘एउटै दलको एउटै बिचार हुनु राम्रो हो’ मन्त्री त्रिपाठीले भने, ‘यसका लागि दुवै अध्यक्षज्यूहरू बिच छलफलपछि निष्कर्षमा पुग्न सहज हुन्छ ।’

उनले संसद्को यही अधिवेशनबाट ऐन टुङ्ग्याउनु पर्छ भन्नेबारे प्रधानमन्त्रीसँग कुरा भएको बताएका छन् ।

यसैबिच आजै विहान राज्य व्यवस्था समितिसँगको अनौपचारिक भेटमा मन्त्री त्रिपाठीले ऐन टुंगोमा लगाउन थप केही दिनको समय मागेका छन् ।

यससँगै संघीय निजामती सेवा ऐन आउन अझै केही समय लाग्ने देखिएको छ । केही दिन यता देखिएको राजनीतिक उतारचढावका बिच तत्काल दुई अध्यक्षबीच यस विषयमा छलफल हुने त्यति सम्भावना नरहेकोले पनि ढिलाई हुने देखिन्छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP