साफको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश आइपुग्यो

काठमाण्डाै – साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुगेको छ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली बिहान काठमाण्डौ आइपुगेको हो ।

नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने/नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।

नेपाल फाइनल खेलमा भारतसँग ३–० ले पराजित भएको थियो । नेपाल पहिलो पटक साफको उपविजेता बनेको हो । नेपाल, भारत, माल्दिभ्स, श्रीलंका र बंगलादेश सहभागि प्रतियोगितामा नेपाल शीर्ष दुईमा रहँदै पहिलो पटक फाइनलमा पुगेको थियो ।

नेपालले लिग चरणमा माल्दिभ्सलाई १–० ले र श्रीलंकालाई ३–२ ले हराएको थियो भने भारतसँग १–० ले पराजित भएको थियो । बंगलादेशसँग १/१ गोलको बराबरी खेलेर फाइनल पुगेको नेपाल भारतसँग ३–० ले पराजित भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP