
कपिलवस्तु १८ फाल्गुन ।
कपिलवस्तुको चन्द्रौटामा फागुन ११ गतेदेखि जारी खेल महोत्सव दिनप्रति दिन रोचक बन्दै गएको छ । खेल महोत्सवमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मेयर कप र उपमेयर कप एकैसाथ हुँदैछ । हालसम्मको खेलमा नेपाल आदर्श मावि शिवपुरले ११ स्वर्ण जित्न सफल भएको छ । यस्तै समयथान मावि खरेन्द्रपुरले ९ स्वर्ण हात पारेको छ । गतवर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अधिकतम अंकका आधारमा समयथान मावि खरेन्द्रपुरले शिल्ड जितेको थियो ।
यस यस पटक भने अधिकतम स्वर्ण पदक विजेताले शिल्ड जित्ने आयोजकले जनाएको छ । लगातार दुई पटक शिल्ड जित्न सके उसैको स्वामित्व हुन्छ । आइतबार खेल महोत्सव समापन हुँदैछ । अझै छात्र छात्रातर्फ ४×४०० मिटरको रिले दौड र छात्र छात्रा दुवैको १५सय मिटरको हुन बाँकी छ । यस वर्षको खेल महोत्सवमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकी छ । आइतबारको खेलले निर्धारण गर्नेछ ।
यता खेल समापनको अघिल्लो दिन (अर्थात सातौं दिन) मेयर कप अन्तर्गत पुरुषतर्फ सम्पन्न फुटबल प्रतियोगितामा गोल्डेन स्टार युवा क्लब बनियाभारले स्वर्ण पदक जित्न सफल भएको छ । शिवशक्ति युवा क्लबसँग प्रतिष्पर्धा गर्दै गोल्डेन स्टारले शून्यका विरुद्ध ३ गोल गर्दै प्रथम स्थान ल्याउन सफल भएको हो । यस्तै पुरुषतर्फको फुटबल खेलमा शिवशक्ति युवाक्लब शिवपुर दोस्रो स्थान ल्याउन सफल भएको नगर खेलकूद विकास समिति शिवराजका संयोजक नेत्रप्रसाद बेल्बासेले जानकारी दिएका छन् ।
यस्तै उपमेयर कप अन्तर्गत महिलातर्फ संचालन भएको फुटबल प्रतियोगितामा जयबुद्ध युवा क्लब शिवपुर प्रथम स्थान हात पार्न सफल भएको छ । भने गोल्डेन स्टार युवा क्लब बनियाभार दोस्रो स्थानमा सीमित हुन पुगेको छ । फाइनल प्रतियोगितामा जयबुद्धले गोल्डेन स्टारलाई शून्यका विरुद्ध १ गोल गर्दै विजयी भएको हो । खेल समापनको पूर्व सन्ध्यामा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल खेल हुने आयोजकले जानकारी दिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया